• शनिबार-१-८-२०८१/ 20-Saturday-2024
  • 12:33:03

तान्जिनियामा डुङ्गा दुर्घटना, २०७ जनाको मृत्यु

 


तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार डुङ्गा दुर्घटना हुँदा २०७ जना पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

यातायातमन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक सङ्ख्या २०७ पुगेको जानकारी गराएको हो ।

यसअघि शुक्रबार दिएको जानकारीमा मन्त्री कामवेलेले मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको र घटनाबारे थप अपडेट गराउँदै जाने बताउनुभएको थियो । यद्यपि केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले शनिबार पनि खोजी कार्यलाई जारी राखेका उहाँले बताउनुभयो ।

शनिबार दिउसो स्थानीय उप–गभर्नरले घटनामा परेका ४१ जनालाई जोगाउन सफल भएका बताउनुभएको थियो ।

एमभि नाइरेरे नामक डुङ्गाले २०० जनाभन्दा बढी यात्रुलाई लिएर यात्रा गरिरहेको भनाइका आधारमा खोजी जारी राखिएको हो । डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिकृया दिनुहोस

बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

असोज ४ । भारतको मध्यप्रदेशमा बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइएको छ । चार वर्षकी बालिका बलात्कार गर्ने शिक्षक महेन्द्रसिंह गोंडेलाई

भूमध्यसागरमा खस्यो रुसको विमान, चालक दलसहित १५ जनाको ज्यान गयो

रेडियो राप्ती, समाचार डेस्क सल्यान २, असोज । रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षा

भारतीय सर्वोच्च अदालतले समलिंगी सम्बन्धलाई दियो मान्यता

सल्यान २४ भदौ । भारतको सर्वोच्च अदालतले समलिंगी सम्बन्धलाई मान्यता पाएको छ । भारतको सर्वोच्च अदालतले बुधबार यसलाई अपराधको सूचीबाट हटाएको छ