• शनिबार-८-२९-२०७५/ 15-Saturday-2018
  • 09:50:04

प्लिस्कोभाले जितिन् पान प्यासिफिक ओपन टेनिसको उपाधि


 

जापानमा सम्पन्न पान प्यासिफिक टेनिसको उपाधि चौथो वरियताकी क्यारेलियन प्लिस्कोभाले जितेकी छिन् ।

तेस्रो वरियताकी घरेलु खेलाडी नाओमी ओशाकालाई २–० को सोझो सेटमा हराउँदै चेक गणतन्त्रकी प्लिस्कोभाले उपाधि जितेकी हुन् ।

टोकियोमा भएको फाइनलमा घरेलु खेलाडी ओशाकालाई हराउँदै प्लिस्कोभाले करियरको ११औं तथा यो वर्षको दोस्रो उपाधि उचालेकी हुन् ।

प्लिस्कोभाले ६–४ र ६–४ को सोझो सेटमा हराउँदै ओशाकाको १० खेलको अपराजित यात्रामा पूर्ण विराम लगाउन सफल भइन् ।

यसै वर्ष उनले जर्मनीमा भएको स्टुटगार्ट ओपनको उपाधि पनि जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस

प्रथम खुल्ला टेबुल टेनिस प्रतियोगिताको उपाधि सुदिप बस्नेतलाई

रेडियो राप्ती सल्यान १५, मंसिर । प्रथम खुल्ला टेबुल टेनिस प्रतियोगिताको उपाधि सुदिप बस्नेतले जित्नुभएको छ । शुक्रबार र शनीबार गरेर दुई दिन सम्म

बागचौर नगरपालिकाद्धारा खेलकुद प्रतियोगिता सञ्चालन

सल्यान १०, मंसिर । सल्यानको बागचौर नगरपालिकाले खेलकुद प्रतियोगितालाई प्राथामिकता दिएको छ । जस अन्र्गगत अहिले यस नगरपालिकाका बिभिन्न वडाहरुमा वडा

दोस्रो शानपा मेयर कप भलिवलको उपाधी शारदा नगरपालिका ६ लाई

सल्यान १९, कात्तिक । दोस्रो शारदा नगरपालिका मेयर कप भलिवलको उपाधी शारदा नगरपालिका वडा नम्बर ६ ले जितेको छ । सल्यान खलंगामा शुक्रबार देखी आईतबार सम्म

स्थानिय