• बिहीबार-१-१३-२०८१/ 25-Thursday-2024
  • 04:03:09

स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- 'सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा'



सल्यान १६, असोज ।
विभिन्न तत्वहरूको मिलनबाट हाम्रो शरीरको निर्माण भएको हुन्छ । हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि पनि विभिन्न तत्वहरूको आवश्यकता पर्छ । यसका लागि शरीरलाई चाहिने आवश्यक तत्त्वहरू पाइने विभिन्न प्रकारका खाने कुराहरू दैनिक खानु आवश्यक हुन्छ ।


यी हुन् शरीरका लागि आवश्यक तत्व, यी खाने कुराबाट प्राप्त हुन्छ
पानी  : मानव शरीर ७० प्रतिशत पानीले बनेको हुन्छ । पानीले हाम्रो शरीरलाई जैविक प्रक्रिया सन्तुलित बनाउन मुख्य भूमिका खेल्छ । हामीले खाएका खानामा हुने विभिन्न तत्त्वहरूदेखि लिएर श्वासप्रश्वासँग लिइएको अक्सिजन शरीरको सबै भागमा र्पुयाउने कान पानीले गर्छ। यस्तै, पानीले शरीरबाट अनावश्यक पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ। त्यसैले हाम्रो शरीरलाई दैनिक दुई लिटरजति पानी आवश्यक पर्ने चिकित्सकहरू बताउँछन्।

प्रोटिन  : शरीरमा २० प्रतिशत मात्रा प्रोटिनको हुन्छ। हाम्रो शरीरको हरेक कोष प्रोटिनले बनेको हुन्छ। प्रोटिनबिना कुनै पनि अंग, मांसपेसी, हाड केही बन्न सक्दैन। १९ देखि ७० वर्ष उमेर समूहको महिलालाई प्रति दिन करिव ४५ ग्राम प्रोटिन आवश्यक पर्छ। यस्तै, सोही उमेरका पुरुषलाई ५५ ग्राम प्रोटिन आवश्यक पर्छ। त्यसैले हामीले खाने दैनिक खाने कुरामा माछा, मासु, गेडागुडीको समावेश हुनुपर्छ, जसले हाम्रो शरीरलाई आवश्यक प्रोटिन आपूर्ति गर्न सहयोग गर्छ।


फाइबर  : शरीरको खाना तथा पोषण संचार गर्न फाइबरको ठूलो भूमिका हुन्छ। त्यसैगरी पाचन प्रक्रिया र पाचन नली स्वस्थ बनाउन हाम्रो शरीरमा फाइबरको आवश्यकता हुन्छ। हाम्रो शरीरलाई दैनिक २० देखि ३५ ग्राम फाइबर आवश्यक पर्छ। गेडागुडी, फलफूल र सागसब्जी तथा रेसादार खाने कुरामा पर्याप्त मात्रामा फाइबर पाइने हुँदा यस्ता खाने कुरा खाने गर्नु राम्रो हुन्छ।


भिटामिन डी र क्याल्सियम    : हाम्रो शरीरलाई संचालन गर्न भिटामिन डी र क्याल्सियमको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। यसले शरीरको हड्डी मजबुत बनाउन सहयोग गर्छ। क्याल्सियसलाई सोस्न र संचार गर्न भिटामिन डी चाहिन्छ। त्यसैले एक स्वस्थ शरीरलाई हरेक दिन एक हजार मिलिग्राम क्याल्सियम र ६०० आइयु भिटामिन डीको आवश्यक पर्छ। क्याल्सियमको आपूर्ति पूरा गर्न दैनिक केरा, दूध तथा अण्डा खाने गर्नुपर्छ।


भिटामिन सी  :  भिटामिन सी एन्टी अक्सिडेन्ट हो। अक्सिजनको उपस्थितिमा इन्जाइमलाई खराब हुनबाट भिटामिन सीले बचाउँछ। चोट पटक ठीक गर्न र रोगबाट बचाउन भिटामिन सी चाहिन्छ। प्रति दिन हरेक स्वस्थ पुरुषलाई ९० मिलिग्राम र महिलालाई ७५ मिलिग्राम भिटामिन सी चाहिन्छ। सुन्तला, ब्रोकाउली, स्ट्रबेरी, कागती आदि यसका स्रोत हुन्।


फोलिक एसिड   : शरीरका कोषहरू बन्ने र बचाउने प्रक्रियामा फोलिक एसिडको मुख्य भूमिका हुन्छ। डिएनए सन्तुलित बनाउन फोलिक एसिड चाहिन्छ। फोलिक एसिड सन्तुलित रूपमा सेवन गर्ने व्यक्तिमा क्यान्सर र बाँझोपनको डर कम हुन्छ। हरेक दिन ४०० माइक्रोग्राम फोलिक एसिड सेवन गर्नु राम्रो मानिन्छ। फोलिक एसिड साग, गेडागुडी, अण्डा आदिमा पाइन्छ।


आइरन   : आरनले अक्सिजन कोषहरूमा र्पुयाउन आइरन चाहिन्छ। रगत र कोष स्वस्थ राख्न पनि आइरन जरुरी हुन्छ। प्रतिदिन आठ मिलिग्राम आइरन सेवन गर्नुपर्छ। आइरन गेडागुडी सागपात, बदाम, ओखर आदिमा पाइन्छ।


कार्वोहाइड्रेट  : कार्वोहाइड्रेटले शरीरलाई चाहिने शक्ति प्रदान गर्छ। शरीरलाई चाहिने कार्वोहाइड्रेट स्टार्च र सुगर गरी दुई रूपमा पाइन्छ। हरेक दिन हामीले खाने खानामा ४५ देखि ७५ प्रतिशतसम्म कार्वोहाइड्रेट हुन जरुरी हुन्छ।


जिंक   : शरीरको धेरैजसो इन्जाइम र प्रोटिन जिंकले बनेको हुन्छ। मस्तिष्कको सिजारिसस प्रक्रियामा जिंकको मुख्य भूमिका हुन्छ। हाम्रो शरीरलाई दैनिक ११ मिलिग्राम जिंक चाहिन्छ। रातो मासु, गेडागुडी अन्न आदिमा जिंक पाइन्छ। यस्तै, शरीरलाई आवश्यक पर्ने तत्त्व हो( चिल्लो पदार्थ। शरीरमा भिटामिन ए, डी, ई र के सोस्न र रोग प्रतिरोधात्मक शक्ति बढाउन तथा घाउ छिटो निको पार्न शरीरमा चिल्लो पदार्थ चाहिन्छ। प्रति दिन शरीरलाई चाहिने क्यालोरीको ३० प्रतिशतसम्म चिल्लो पदार्थ सेवन गर्न सकिन्छ। स्वस्थ माछा तथा भेजिटेबल आयल चिल्लो पदार्थका स्रोत हुन्।

 

 

प्रतिकृया दिनुहोस

राष्ट्रको सर्वाङगिन विकास: युवा र मदिरा

रेडियो राप्ती, सल्यान २६, असार । सिर्जनशिल एवं उत्पादनसिल कार्यमा सहभागी भई राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवाललाई आत्म साथ गर्दै देशको

जाडोको समयमा कालो चिया ? यस्ता छन् फाइदा !

सल्यान २९, मंसिर । अहिले सल्यान लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो

'समृद्ध कर्णालीको लागी पूर्बाधार बिकास आबश्यक'

धिरज भण्डारी प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रर्यटन बर्ष २०१८ सुरु गदैँ मुगुको राराबाट भन्नुभयो—‘सुख नेपाली समृद्धि नेपाल’ निर्माण गर्न