• बिहीबार-१-६-२०८१/ 18-Thursday-2024
  • 07:20:53

'समृद्ध कर्णालीको लागी पूर्बाधार बिकास आबश्यक'

धिरज भण्डारी
प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रर्यटन बर्ष २०१८ सुरु गदैँ मुगुको राराबाट भन्नुभयो—‘सुख नेपाली समृद्धि नेपाल’ निर्माण गर्न हातेमालो गरेर अगाडी बढौँ । सुन्दा सबैलाई अच्चम लाग्यो । प्रधानमन्त्री आउने रारा । कस्तो होला, के होला, कति सुन्दर होला, मनमा जिज्ञासा उत्पन्न भयो ।

त्यही मौका पछ्याउदै मिति २०७५ असोज १९ देखी २६ सम्म कर्णाली प्रदेशको भर्मण गर्ने अबसर जु¥यो ।  प्रयास नेपाल धादिङ्गले प्रत्येक बर्ष आन्तरिक प्रयर्टन प्रबद्धन गर्ने तथा सिकाई आदानप्रदान तथा अध्ययन अबलोकन गर्दै आएको थियो । प्रत्यक बर्ष हुने भर्मणमा यो बर्ष कणाली प्रदेशमा भएको थियो ।


कर्णाली प्रदेशको भ्रमणको यात्रा शुरु गर्दै गर्दा मन प्रफुलित भयो । भौगोलिक बिकटता भए पनि प्रचुर सम्भाबनाको खानीको रुपमा रहेको कणाली प्रदेशमा समृद्धि हुन सबै भन्दा पहिले सडकको स्तर उन्नति हुन जरुरी छ । एउटा मात्र गाडि हिड्न्े बाटो त्यहिमा पनि निकै जोखिमयुक्त क्षेत्र रहेको छ । मनै सिरीङ्ग हुने भिर क्षेत्र रहिछन् ।


त्यस्तै कर्णाली नदी बाट जति पनि बिद्युत्त उत्पादन गर्ने सकिने सम्भाबना रहेछ । कणाली नदीमा नै ¥याप्टिङ्ग गर्ने सके जुम्ला कालीकोटका समधुर डाँडा र मनोरम हिमालहरुको अबोलकण गर्ने सकिन्छ ।


त्यस्तै स्वर्गकी रानीको रुपमा रहेको रारा ताल, कर्णालीको लोभलाग्दो भुबनोट, सफा अनि कन्चन पानी, एकिकृत बस्तीहरुमा होमस्टे संन्चालन गर्ने सके, ताजा अर्गानिक खानेकुरा त्यहाँ उत्पादन हुने जडिबुटि हरुलाई बाहिर पठाउन सके मुगु कै प्रसिद्ध छायानाथ धाम, जुम्लाको सिजा दरबार दैलेखको पंचदेब ज्वालामाई, जुम्लाकै तातोपानी क्षेत्र, राजा रानीको काठेपुल लगाएतका क्षेत्रको योजना बनाई तिनै तहको सरकारबाट स्पस्ट रुपमा लाग्ने हो भने कर्णाली प्रदेश समृद्धि हुन कत्ति पनि समय लाग्ने छैनं ।
आत्मबिश्वासका साथ स्पस्ट रुपमा कार्ययोजना बनाई कार्य गरे पाँच बर्ष भित्र कर्णालीलाई कायापलट गर्ने सकिने वताउनु हुन्छ प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल ।


कर्णाली प्रदेश भित्र केहि कहि समस्याहरु पनि छन् खास गरी कर्णालीबासी बिकास निर्माणका चरणमा आपmनो ध्यान त्यति नदिएको पाईयो । बाहिरबाट जाने ब्यक्तीहरुलाई अनादार ब्यबहार गर्नु खास गरी रारा तालमा होटेलहरुको ब्यबस्था नहुनु, चाहेजती रारामा डुङ्गा नहुनु, रारा यात्रामा बास बस्ने होटल हरुमा साहैँ महगोँ हुनुका कारणले जति पनि कणाली भ्रमणमा खास गरी कालिकोट हुदैँ रारा जानेहरुको मन खिन्न त हुदैन भन्ने चिन्ता रहेकोछ ।


त्यस्तै कर्णालीका मुगु, जुम्ला, कालिकोटमा भौगोलिक बिकटताका कारण कतिपय बिद्यार्थी बिद्यालय बाहिर रहेको  पाईयो । त्यस्तै स्वास्थ सरसफाईको सारै कमी रहेको र सरसफाईको आधारभूत ज्ञान पनि अलि कम भएकाले कुनै बेला महामारी प्रकोप फैलिन्छ कि भन्ने चिन्ता सुनाउनुभयो प्रयास नेपाल कै उपाध्यक्ष रेस्टन कडेल !


कर्णालीलाई बिकटाको नारा दिएर प्रत्येक पटक चुनाब लडेर जितेका नेताहरुले कर्णालीको बिकासमा लाग्ने हैन भने कर्णाली जस्तो छ त्यस्तै रहने छ । जो पनि सुर्खेत हुदै मुगु र जुम्ला पुग्नेहरुको मन नेतृत्वप्रति घृणा पैदा गर्नेछन् । त्यसैले निजि, दातृ निकाय र तीन तहको सरकार मिलेर अघि बढ्न सके कर्णालीले छिटै कायापलट गर्ने छ । कर्णालीको समृद्धिको निम्ती सडकको स्तर उन्ननि हुनु नै पहिलो पक्ष हुने छ ।

 

प्रतिकृया दिनुहोस

राष्ट्रको सर्वाङगिन विकास: युवा र मदिरा

रेडियो राप्ती, सल्यान २६, असार । सिर्जनशिल एवं उत्पादनसिल कार्यमा सहभागी भई राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवाललाई आत्म साथ गर्दै देशको

जाडोको समयमा कालो चिया ? यस्ता छन् फाइदा !

सल्यान २९, मंसिर । अहिले सल्यान लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो

स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- 'सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा'

सल्यान १६, असोज । विभिन्न तत्वहरूको मिलनबाट हाम्रो शरीरको निर्माण भएको हुन्छ । हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि पनि विभिन्न तत्वहरूको आवश्यकता