• शनिबार-८-२९-२०७५/ 15-Saturday-2018
  • 10:03:20

अब बिकास निर्माणका कामहरुले तिव्रता पाउने नेकपाका नेताहरुको भनाई



रेडियो राप्ती,समाचार डेस्क ।
सल्यान १८, कात्तिक ।
नेपाल कम्यूष्टि पार्टी नेकपाका नेताहरुले अबका दिनमा बिकास निर्माणका कामहरुले तिव्रता पाउने बताएका छन् । बिभिन्न ऐन कानुन निर्माण गर्नु पर्ने भएकाले बिगतमा सरकारले आफ्नो सम्पूर्ण समय ऐन कानुन निर्माणमा नै खर्चेको बताउदैँ उनीहरुले अबका दिनमा भने बिकास निर्माणका कामहरुले तिव्रता पाउने बताएका हुन् ।


नेपाल कम्यूष्टि पार्टी नेकपा सल्यान शारदा नगरपालिकाले श्रीनगरमा चाडपर्वको अबरशरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु यस्तो बताएका हुन् । नेपाल कम्यूष्टि पार्टी नेकपाका नेताहरुले माथिल्लो तहमा पार्टी एकता भैसकेको अबस्थामा अब छिट्टै जिल्ला तथा गाउ स्तरमा पनि पार्टी एकता हुने बताएका हुन् ।


शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य टेक बहादुर बस्नेत, नेकपाका नेता तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश सभासदस्य गुलावजंग शाह, बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुन, नेकपाका नेता रमेश कुमार गौतम लगाएतकाले बोलेको थिए ।


कार्यक्रममा बोल्ने नेताहरुले पार्टीको हक र हितको लागी काम गर्न आग्रह गरेका थिए । नेकपाको शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर बिभिन्न ब्यक्तिहरु नेपाल कम्यूष्टि पार्टी नेकपामा प्रवेश गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस शारदा नगर कमिटीका सचिव टिकाराम रावत लगाएतका ब्यक्तिहरु नेकपामा प्रवेश गरेका थिए ।

राम खड्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नविन भँडेलले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सरकारले नै हत्यारालाई संरक्षण गरेको छः काँग्रेस नेतृ संग्रौला

  बुद्धि पुन सल्यान १८, मंसिर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले सरकारले नै हत्यारालाई संरक्षण गरेको आरोप लगाउनु भएको छ ।

सल्यानबाट निर्बाचित मन्त्री ज्वालाको निरन्तरको प्रयास

बुद्धि पुन, समाचार डेस्क सल्यान ७, मंसिर । राप्ती लोकमार्ग अन्र्तगत दाङ—सल्यान सडक खण्डको मर्मत गरिने भएको छ । बर्षामा हिलो र हिँउदमा धुँलोका कारण

नेकपाको तल्लो कमिटी छिट्टै बिस्तार हुने

सल्यान २, मंसिर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेताहरुले अब छिट्टै पार्टीको तल्लो कमिटी बिस्तार हुने बताउनु भएको छ । पार्टीको प्रदेश, जिल्ला

स्थानिय