• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 09:19:58

अब बिकास निर्माणका कामहरुले तिव्रता पाउने नेकपाका नेताहरुको भनाई



रेडियो राप्ती,समाचार डेस्क ।
सल्यान १८, कात्तिक ।
नेपाल कम्यूष्टि पार्टी नेकपाका नेताहरुले अबका दिनमा बिकास निर्माणका कामहरुले तिव्रता पाउने बताएका छन् । बिभिन्न ऐन कानुन निर्माण गर्नु पर्ने भएकाले बिगतमा सरकारले आफ्नो सम्पूर्ण समय ऐन कानुन निर्माणमा नै खर्चेको बताउदैँ उनीहरुले अबका दिनमा भने बिकास निर्माणका कामहरुले तिव्रता पाउने बताएका हुन् ।


नेपाल कम्यूष्टि पार्टी नेकपा सल्यान शारदा नगरपालिकाले श्रीनगरमा चाडपर्वको अबरशरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु यस्तो बताएका हुन् । नेपाल कम्यूष्टि पार्टी नेकपाका नेताहरुले माथिल्लो तहमा पार्टी एकता भैसकेको अबस्थामा अब छिट्टै जिल्ला तथा गाउ स्तरमा पनि पार्टी एकता हुने बताएका हुन् ।


शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य टेक बहादुर बस्नेत, नेकपाका नेता तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश सभासदस्य गुलावजंग शाह, बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुन, नेकपाका नेता रमेश कुमार गौतम लगाएतकाले बोलेको थिए ।


कार्यक्रममा बोल्ने नेताहरुले पार्टीको हक र हितको लागी काम गर्न आग्रह गरेका थिए । नेकपाको शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर बिभिन्न ब्यक्तिहरु नेपाल कम्यूष्टि पार्टी नेकपामा प्रवेश गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस शारदा नगर कमिटीका सचिव टिकाराम रावत लगाएतका ब्यक्तिहरु नेकपामा प्रवेश गरेका थिए ।

राम खड्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नविन भँडेलले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का