• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 05:58:03

दोस्रो शानपा मेयर कप भलिवलको उपाधी शारदा नगरपालिका ६ लाई



सल्यान १९, कात्तिक ।
दोस्रो शारदा नगरपालिका मेयर कप भलिवलको उपाधी शारदा नगरपालिका वडा नम्बर ६ ले जितेको छ । सल्यान खलंगामा शुक्रबार देखी आईतबार सम्म सञ्चालन भएको मेयर कप भलिवलको उपाधी शारदा नगरपालिका वडा नम्बर ६ ले जितेको हो । उपाधि सँगै ३० हजार नगद, कप, मेडल र प्रमाण पत्र पनि जितेको छ ।


यस्तै द्धितिय भएको शारदा नगरपालिका वडा नम्बर ९ ले २५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै तृतिय भएको शारदा नगरपालिका वडा नम्बर ७ ले २० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो शारदा नगरपालिका मेयर कप भलिवलको बेष्ट प्लेयर शारदा नगरपालिका वडा नम्बर ९ का खेलाडी भिम बहादुर घर्ती मगर भएका छन् ।


गोलो यूवा क्लबका अध्यक्ष उदय हमालको अध्यक्षतामा भएको समापन कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले भलिवल प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार बितरण गर्नु भएको थियो । सो अबशरमा नगर प्रमुख अधिकारीले खेल क्षेत्रको बिकासको लागी शारदा नगरपालिकाले काम गर्दै आएको बताउनुभयो । खेलाडी राष्ट्रको गहना भएको बताउदैँ उहाँले खेल क्षेत्रको बिकास र खेलाडीहरुलाई प्रोत्साहित गर्न नगरले बिभिन्न खेलकुद कार्यक्रम गर्दै आएको बताए ।


प्रतियोगतामा शारदा नगरपालिका भित्रका १२ वटा भलिवल टिमको सहभागिता रहेको थियो । शारदा नगरपालिकाको सहयोग र गोलो यूवा क्लवको आयोजनामा यस प्रतियोगिता सञ्चालन गरिएको थियो ।  


यसैबिच दोस्रो शारदा नगरपालिका मेयर कप भलिवलको उपाधी बिजेता खेलाडीलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता रमेश कुमार गौतमले खेलकुद सामाग्री प्रदान गर्नु भएको छ । उहाँले प्रथम भएको टोली शारदा नगरपालिका वडा नम्बर ६ र तृतिय भएको शारदा नगरपालिका वडा नम्बर ७ का खेलाडीहरुलाई वल, नेट लगाएतका खेल सामाग्री प्रदान गर्नु भएको हो ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ९ असोज । सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको

प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु

रेडियो राप्ती, समाचार डेस्क, सल्यान २, जेठ । प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ३०, बैशाख । सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक