• बुधबार-१-१२-२०८१/ 24-Wednesday-2024
  • 07:23:10

नेकपाको तल्लो कमिटी छिट्टै बिस्तार हुने



सल्यान २, मंसिर ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेताहरुले अब छिट्टै पार्टीको तल्लो कमिटी बिस्तार हुने बताउनु भएको छ । पार्टीको प्रदेश, जिल्ला कमिटी बिस्तारको कार्य केही ढिला भएको बताउदैँ बिभिन्न चाडपर्व सकिएसँगै पार्टी बिस्तारको कार्य तिव्र रुपमा अगाडी बढ्ने बताउनु भएको हो । नेपाल कम्यूनिष्ट पार्टी सल्यान त्रिबेणी गाउ कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका नेताहरुले यस्तो बताउनु भएको हो ।


कार्यक्रममा बोल्दै नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य टेक बहादुर बस्नेतले पार्टीमा एकअर्कालाई बिस्वास गर्ने बाताबरण अझै बनिनसकेको बताउनु भयो । नेकपा ठूलो पार्टी भएको, जिम्मेवारी पनि बढेको तर एकले अर्कालाई बिस्वास गर्ने वातावरण अझैं नवनिसकेकोले आम कार्यकर्तालाई एकअर्काप्रति विस्वासको वातावरण सिर्जना गर्न उहाँले आग्रह गर्नुभयो ।


बस्नेतले माथिल्लो तहमा पार्टी एकता भैसकेको अबस्थामा अब छिट्टै जिल्ला तथा गाउ स्तरमा पनि पार्टी एकता हुने बताउनु भयो । उहाँले नेकपा देश कै ठूलो पार्टी भएकाले अबको केही बर्ष कम्यूनिष्ट पार्टीले नै सरकार चलाउने घोषणा पनि गर्नु भयो ।


‘देश चलाउने भनेको कम्यूनिष्ट पार्टी हो, बिकास गर्ने भनेको कम्यूनिष्ट पार्टी हो’ उहाँले भन्नु भयो —‘तपाईहरु ढुक्कसंग बस्नुहोस, चुनावको समयमा गरेका बाचा बिर्सेका छैनौँ, कति पुरा भएका छन्, कति बाचाहरु परा हुने प्रक्रियामा रहेका छन् ।’ उहाँले पार्टीको हक र हितमा काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।


यस्तै अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका नेता तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले नेकपाको छाता भित्र गोलबद्ध भएर बस्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी एकताबद्ध तरिकाले लाग्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।


उहाँले देशलाई बिकसित र समृद्ध बनाउन कम्यूनिष्टहरु बिचको एकता अनिबार्य भएको बताउनु भयो । ज्वालाले तत्काल पार्टीको जिल्ला तथा गाउ एकतालाई निष्कर्षमा पु¥याउनु आवश्यक रहेको बताउनु भयो । ‘पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र पार्टीमा भाँजो हाल्ने प्रयास पार्टीमा अझै पनि भैरहेको छ, कार्यकर्ताहरु त्यस्ता बिभिन्न खालका भ्रममा नपरेर अगाडी बढ्नुपर्छ’— उहाँले भन्नु भयो ।


कार्यक्रममा नेकपाका नेता तथा प्रदेश सभासदस्य गुलावजंग शाहले सबै कम्यूनिष्ट कार्यकर्ता एकजुट र भावनात्मक एकता गरी अगाडि बढ्न आग्रह गर्नुभयो । ब्यक्ति बिशेषलाई महत्व दिँदा गुट र उपगुटको जन्म हुँने हुँदा ब्यक्ति बिशेषलाई जोड नदिई पार्टी प्रणाली, पार्टी पद्धती र संगठनलाई महत्व दिन आग्रह गर्नुभयो । ‘हामी सबै कम्यूनिष्ट कार्यकर्ताले एकछुट भएर काम गरौं, ब्यक्ति बिशेषलाई महत्व नदिऔं, पार्टी र संगठनलाई महत्व दिऔं’ उहाँले भन्नुभयो —‘यदि ब्यक्ति बिशेषलाई महत्व दिन थाल्ने हो भने खतरनाक गुट मौलाउने खतरा हुन्छ र ५ वर्ष पछि हामी काँग्रेसको दाँजोमा पुग्ने छौं ।’


लोकेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु उदय बोहरा, गोबिन्द पुन, भिम बहादुर सेन, किर्ति बहादुर पुन, रमेश कुमार गौतम लगाएतकाले बोल्दै पार्टीको हक र हितको लागी काम गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।  

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का