• बिहीबार-१२-१५-२०८०/ 28-Thursday-2024
  • 02:57:40

बागचौर नगरपालिकाद्धारा खेलकुद प्रतियोगिता सञ्चालन


सल्यान १०, मंसिर ।
सल्यानको बागचौर नगरपालिकाले खेलकुद प्रतियोगितालाई प्राथामिकता दिएको छ । जस अन्र्गगत अहिले यस नगरपालिकाका बिभिन्न वडाहरुमा वडा स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन भैरहेका छन् । बागचौर नगरपालिकाले खेलक्षेत्रको बिकास र खेलाडीहरुलाई प्रात्साहन गर्न भन्दै निति तथा कार्यक्रममा पनि समाबेश गरेको थियो ।
सोही अनुसार यस नगरपालिकाका बिभिन्न वडाहरुमा प्रथम वडाअध्यक्ष कप खेलकुद प्रतियोगिताहरु सञ्चालन भैरहेका छन् । जस अन्तैगत सोमबार बागचौर नगरपालिका वडान ३ को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता रारेचौरमा शुरु भएको छ ।


स्वास्थ्यका लागी खेलकुद रास्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ सञ्चालन गरिएको खेलकुद प्रतियोगिताको बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले उद्घाटन गर्नु भएको छ । खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख बुढाथोकीले खेलक्षेत्रको बिकास र खेलाडीहरुलाई प्रोत्साहन गर्न नगरपालिकाले बिभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको बताउनुभयो ।


कार्यक्रममा उपप्रमुख कल्पना पुन प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल, योजना अधिकृत पुर्ण बहादुर वलि, वडा न ३ का अध्यक्ष टिकाराम केसी लगाएतकाले बोल्नु भएको थियो । वडा खेलकुद बिकास समितिका अध्यक्ष खिम बहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने आयोजक जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ९ असोज । सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको

प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु

रेडियो राप्ती, समाचार डेस्क, सल्यान २, जेठ । प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ३०, बैशाख । सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक