• शनिबार-१-८-२०८१/ 20-Saturday-2024
  • 12:39:02

एड्सका कारण सल्यानमा ८ जना एचआईभि संक्रमितको मृत्यू

एड्सका कारण सल्यानमा ८ जना एचआईभि संक्रमितको मृत्यू
मूख्य कारण असुरक्षित यौन सम्पर्क
सल्यान १६, मंसिर ।
सल्यानमा एड्सका कारण ८ जना एचआईभि संक्रमितको मृत्यू भएको छ । जिल्लामा २०६८ साल देखी हाल सम्म ८ जना एचआईभि संक्रमितको मृत्यू भएको हो । अहिले जिल्लामा एचआईभि संक्रमितको संख्या ३० रहेको एचआईभि संक्रमितको क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लस सल्यानले जनाएको छ ।


शारदा प्लसका जिल्ला टिम लिडर तथा लेखपाल थमन बिष्टले एचआईभि संक्रमित ५ जना बालबालिकाहरु काठमाण्डौँको बेबि केयर होममा रहेको बताउनुभएको छ । यस्तै एचआईभि संक्रमित ७ जनाले जिल्ला बाहिर रहेको र जिल्ला बाहिर बाट नै एआटि सेवा लिईरहेको बताउनु भएको छ ।


उहाँले अहिले जिल्ला अस्पताल सल्यानबाट १८ जना एचआईभि संक्रमितले एआरटि सेवा लिईरहेको बताउनु भएको छ । जसमा महिला १० जना र पुरुष ८ जना रहेका छन् । उहाँले एचआईभि संक्रमणको मूख्य कारण असुरक्षित यौन सम्पर्क भएको बताउनुभयो ।


उहाँले जिल्लामा रहेका एचआईभि संक्रमितहरु सबै बिभिन्न पेशा ब्यबसायमा रहेको बताउनु भयो । पहिले समस्या थियो, समाजले हेर्ने दृष्टिकोण पनि फरक थियो, एचआईभि संक्रमितहरु बाहिर खुलेर आउन चाहादैन्थे, तर अहिले सजिलो भएको छ उहाँले भन्नु भयो ।


बिष्टले जिल्लामा रहेका एचआईभि संक्रमितहरु मध्ये २ जनाले अटो चलाईरहेको बताउनु भएको छ । यस्तै अन्य ब्यापार ब्यबसायहरुमा पनि लागेको उहाँले बताउनु भयो । उहाँले शारदा प्लस संस्थाले एचआईभि संक्रमितको अबस्थाका बारेमा जानकारी लिनुका साथै बिभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताउनु भएको छ ।


जिल्ला अस्पताल सल्यानका मेडिकलसुपरीटेण्डेन अर्जुन बुढाले अस्पतालले एचआईभि संक्रमितलाई निशुल्क रुपमा सेवा प्रदान गर्दै आएको बताउनु भएको छ । उहाँले जिल्ला अस्पतालमा आउने प्रत्येक गर्भवतीको एचआईभि जाँच गरिदैँ आएको बताउनु भएको छ । उहाँले संक्रमितहरुलाई छुट्टै वार्डमा राखेर चेकजाँच गर्दा उनीहरुको मनोवल गिर्न सक्ने भएकाले सबै बिरामीहरुलाई एउटै वार्ड बाट सेवा प्रदान गर्दै आएको बताउनु भयो ।


उहाँले जिल्ला अस्पतालमा आउने सबै संक्रमितको निशुल्क सेवा र परामर्श प्रदान गर्दै आएको बताउनु भएको छ । बुढाले सुरक्षित यौन व्यवहार, सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने, एचआइभी संक्रमित महिला गर्भवती नहुने, रगत लिदा वा दिदा जाँचेर लिनेदिने गर्ने, यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने जस्ता कार्य गरेमा एड्सलाई रोकथाम गर्न सकिने बताउनु भएको छ ।


यसैबिच एचआईभि परिक्षण शिबिर शनीबार खलंगा स्वास्थ्य चौकी श्रीनगरमा सम्पन्न भएको छ । शिबिरमा ७० जनाको एचआईभि परिक्षण गरिएको शारदा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र बिष्टले बताउनु भएको छ । जसमा ५३ जना महिला र १८ जना पुरुष रहेका छन् ।


एचआईभि परिक्षण गरिएका सबैको एचआईभि नेगेटिभ भेटिएको उहाँको भनाई छ । जिल्ला अस्पताल सल्यानको प्राबिधिक सहयोग र शारदा नगरपालिकाको आयोजना सो शिबिर सम्पन्न भएको हो ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने