• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 03:10:58

सिद्ध कुमाख गाउपालिका अपाङ्ग बालबालिकाहरूलाइ न्यानो कम्वल र न्यानो टोपी वितरण

 २७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा ूमलाइ गणना गर, समावेश गरू भन्ने मुल नाराका साथ आज सिद्ध कुमाखपालिकाले अपाङ्गता भएर पनि केहि गर्छु भनि विशेष कक्षा लिइराखेका अपाङ्ग बालबालिकाहरूलाइ न्यानो कम्वल र न्यानो टोपी वितरण गरेको छ । गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखामा आवद्ध कर्मचारी, शिक्षक, जनप्रतिनिधि र अपाङ्गता भएका व्यक्तिहरू उपस्थित रहनुभएको थियो । कार्यक्रममा वोल्दै ४ नं। वडाध्यक्ष दिनेश कुमार वि। एम।ले अपाङ्गता भएका ४ समुहका अपाङ्ग मध्ये क र ख वर्गलाइ सामाजिक सूरक्षा भत्ता बापत् राहत पाइरहेको र ग र घ वर्गलाइ गाउँपालिकाले नै केहि गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै १ नं। वडाध्यक्ष राम बहादुर वस्नेतले अपाङ्गता भएका व्यक्तिहरूले पनि सपाङ्ग सरह काम गर्न सक्ने भएकाले समाजमा उनिहरूलाइ हौसला र उत्प्रेरणा दिनुप्रर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले सवै अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारको जिम्मा स्थानीय तहमा सूम्पिएको हुँदा उनिहरूलाइ परिचय पत्र बाँडेर सोही बमोजिम लक्षित कार्यक्रमबाट अवसर प्रदान गर्ने जनाउनु भयो । यस अघि पनि सिद्ध कुमाख गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाइ सहायक सामाग्रीहरू वितरण गरिसकेकोले उनिहरूको विश्वासलाइ वलियो वनाउन सकिने बताउनुभयो । कार्यक्रममा कम्वल र टोपी हस्तारण गर्दै अध्यक्ष चित्र बहादुर चलाउनेले समाजमा रहेका कुनै एक वर्ग मात्र नभएर सवै वर्गलाइ समान तरिकाले समेटेर लगेमात्र सोचेको समाजबाद र समृद्ध समाज निर्माण हुने बताउनु भयो ।सिद्ध कुमाख गाउँपालिका अन्तर्गत १ नं। वडामा विभिन्न किसिमका अपाङ्गता भएका वालवालिकाहरूलाइ विशेष शिक्षा दिदै आइरहेको छ । उनिहरू न्यानो कम्वल र न्यानो टोपी पाएपछि खुशि प्रकट थिय । कार्यक्रमको सहजिकरण महिला तथा वालबालिका शाखा प्रमुख विमला खत्रीले गर्नुभएको  सूचना प्रविधि शाखा  का भिमलाल भण्डारी जानकारी दिनु भयो 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने