• आइतबार-११-५-२०७५/ 17-Sunday-2019
  • 01:04:46

ताजा खबर

लैंगिक समानताका लागी न्यायिक समितिले योजना निर्माण गर्ने


मिना बुढाथोकी
सल्यान १७, मंसिर ।
लैंगिक समानता र न्याय सम्बन्धी न्यायिक समितिका पदाधिकारीहरुले योजना निर्माण गरि विभिन्न कार्यक्रमहरु संचालन गर्ने भएका छन् । स्थानीय तहमा लैंगिक समानता ल्याउनका लागी योजना निर्माण गरेरनै अगाडी बढ्दा लैंगिक समानता कायम गर्न सक्ने उद्देश्यले न्यायिक समितिले योजना बनाएको जनाएको छ ।


स्थानीय तहमा लैंगिक समानता कायम गर्न यस सम्बन्धी जनचेतनाको कार्यक्रम गर्ने,महिला हरुको आर्थिक शसक्तीकरण गर्ने, महिलाहरुलाई सरकारले ल्याएको नयाँ नितिका विषयमा जानकारी दिने लगायतका योजना सहित काम गर्ने शारदा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रा बस्नेतले बताईन् । हरेक नागरिकले हरेक स्थानीय तहमा रहेका न्यायिक समितिबाट सेवा पाउने भन्दै उनले अब योजना बनाएरनै यस्ता कार्यक्रम संचालन गरिने बताइन् ।


गत शनीबार देखी सल्यानको श्रीनगरमा संचालन भएको  लैंगिक समानता र न्याय सम्बन्धी न्यायिक समितिका पदाधिकारीहरुका लागी आयोजना गरिएको तिन दिने गोष्ठीमा सहभागी उनले यस्तो बताएकी हुन् ।


गोष्ठीमा वागचौर नगरपालिका,शारदा नगरपालिका, वन्गाड कुपिण्डे नगरपालिका, दार्मा गाउपालिका र छत्रेश्वरी गाउपालिकाका न्याय समिति संयोजक र सदस्यहरुको सहभागीता रहेको छ । सहभागी सबैले लैंगिक समानताका सवालमा योजना बनाएर अगाडी बढ्ने बताएका छन् ।


सामाजिक विभेदपूर्ण मुल्य मान्यतामा संरचनागत परिवर्तन गर्न व्यक्तिगत तथा सामाजिक सोच तथा व्यवहारगत रुपान्तरणको आवश्यकता वारेमा स्पष्ट भई महिला माथि हुने हिंसाका घटनाको न्याय सम्पादन कार्यमा महिलामुखी दृष्टिकोणबाट विश्लेषण गरी न्यायिक प्रकृयामा सहजीकरण गर्ने उदेश्यले गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा तीन नगरपालिका र दुई गाउँपालिकाका न्यायिक समितिका २४ जना सदस्यको सहभागीता रहेको ओरेक नेपाल सल्यानका संयोजक अशोक कुमार चौधरीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

पारदर्शीताका साथ काम गर्न जिसस प्रमुख बिष्टको आग्रह

रेडियो राप्ती, समाचार डेस्क सल्यान ५, माघ । जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले पारदर्शीताका साथ काम गर्न साझेदारी निकायहरुलाई

सल्यानमा १०० वर्षिया लती यरीको आँखा जाँच गरिए पछि...

रेडियो राप्ती, समाचार डेस्क सल्यान २९, पुस । एकदिने निशुल्क आँखा शिबिर शनीबार सल्यानमा सम्पन्न भएको छ । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका ९

शारदा नगरपालिकामा वेवारिसे युवक भेटिए

रेडियो राप्ती, समाचार डेस्क सल्यान १६, पुस । सल्यानको शारदा नगरपालिका १४ ढारखानीको जंगलमा एक वेवारिसे युवक फेला पर्नु भएको छ । अन्दाजी २३ वर्षको