• बिहीबार-१२-१५-२०८०/ 28-Thursday-2024
  • 09:04:42

लैंगिक समानताका लागी न्यायिक समितिले योजना निर्माण गर्ने


मिना बुढाथोकी
सल्यान १७, मंसिर ।
लैंगिक समानता र न्याय सम्बन्धी न्यायिक समितिका पदाधिकारीहरुले योजना निर्माण गरि विभिन्न कार्यक्रमहरु संचालन गर्ने भएका छन् । स्थानीय तहमा लैंगिक समानता ल्याउनका लागी योजना निर्माण गरेरनै अगाडी बढ्दा लैंगिक समानता कायम गर्न सक्ने उद्देश्यले न्यायिक समितिले योजना बनाएको जनाएको छ ।


स्थानीय तहमा लैंगिक समानता कायम गर्न यस सम्बन्धी जनचेतनाको कार्यक्रम गर्ने,महिला हरुको आर्थिक शसक्तीकरण गर्ने, महिलाहरुलाई सरकारले ल्याएको नयाँ नितिका विषयमा जानकारी दिने लगायतका योजना सहित काम गर्ने शारदा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रा बस्नेतले बताईन् । हरेक नागरिकले हरेक स्थानीय तहमा रहेका न्यायिक समितिबाट सेवा पाउने भन्दै उनले अब योजना बनाएरनै यस्ता कार्यक्रम संचालन गरिने बताइन् ।


गत शनीबार देखी सल्यानको श्रीनगरमा संचालन भएको  लैंगिक समानता र न्याय सम्बन्धी न्यायिक समितिका पदाधिकारीहरुका लागी आयोजना गरिएको तिन दिने गोष्ठीमा सहभागी उनले यस्तो बताएकी हुन् ।


गोष्ठीमा वागचौर नगरपालिका,शारदा नगरपालिका, वन्गाड कुपिण्डे नगरपालिका, दार्मा गाउपालिका र छत्रेश्वरी गाउपालिकाका न्याय समिति संयोजक र सदस्यहरुको सहभागीता रहेको छ । सहभागी सबैले लैंगिक समानताका सवालमा योजना बनाएर अगाडी बढ्ने बताएका छन् ।


सामाजिक विभेदपूर्ण मुल्य मान्यतामा संरचनागत परिवर्तन गर्न व्यक्तिगत तथा सामाजिक सोच तथा व्यवहारगत रुपान्तरणको आवश्यकता वारेमा स्पष्ट भई महिला माथि हुने हिंसाका घटनाको न्याय सम्पादन कार्यमा महिलामुखी दृष्टिकोणबाट विश्लेषण गरी न्यायिक प्रकृयामा सहजीकरण गर्ने उदेश्यले गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा तीन नगरपालिका र दुई गाउँपालिकाका न्यायिक समितिका २४ जना सदस्यको सहभागीता रहेको ओरेक नेपाल सल्यानका संयोजक अशोक कुमार चौधरीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष