• शनिबार-८-२९-२०७५/ 15-Saturday-2018
  • 09:50:17

सल्यानमा अपांगमैत्री संरचना नहुँदा सास्ती

 

सल्यान १७, मंसिर ।

सल्यानमा निर्माण गरिएका सबै संरचनाहरु अपांगमैत्री नहुँदा सास्ती भोग्दै आएको अपांगता भएका ब्यक्तिहरुको गुणासो रहेको छ । जिल्लामा रहेका सबै सरकारी कार्यालयहरु सँगै यहाँ निर्माण गरिएका भौतिक संरचनाहरु अपांगमैत्री नहुदाँ सास्ती भोग्दै आएको उनीहरुको गुणासो रहेको छ । २७ औँ अन्र्तराष्ट्रिय अपांग दिवशका अबशरमा कल्याणकारी अपांग सेवा संघ सल्यानले सितलपाटीमा आयोजना गरेको कार्यक्रममा सहभागीले यस्तो गुणासो गरेका हुन् ।

 

उनीहरुले पुराना भौतिक संरचना सँगै नयाँ निर्माण भएका संरचनाहरु पनि अपांगमैत्री बन्न नसक्दा समस्या भएको बताएका हुन् । शिबजन माद्यामिक बिद्यालय अन्र्तगतको दृष्टिबिहिन छात्रबासका शिक्षक राजेश अर्यालले यहाँ निर्माण गरिएको छात्रबास अपांगमैत्री नहुदाँ समस्या भएको बताउनु भयो । उहाँले दृष्टिबिहिन बिद्यार्थीहरु अध्ययन गर्दै आएको यस छात्रबासमा भएको कक्षाकोठा देखी शौचालय सम्मका सबै संरचनाहरु अपांगमैत्री नभएको बताउनुभयो ।

‘अपांगमैत्री संरचना नहुदाँ बिद्याथीहरुले दुख झेल्दै आएका छन्, पढ्न, खान, बस्न, खेल्न, हिडडुल गर्न समेत समस्या भएको छ’— उहाँले भन्नुभयो । जिल्लामा अपांगमैत्री कार्यालय नहुँदा सिधै कार्यालयमा गएर आफ्ना समस्या राख्न समेत अपांगता भएका ब्यक्तिहरुलाई समस्या भएको छ । कार्यालय परिसरमै पुग्न नसकेका अपांगको पहुँच कार्यालय प्रमुखसम्म पुग्ने त कुरै भएन ।

सरकारी कार्यालय पनि अपांगमैत्री नहुदाँ अपांगता भएका व्यक्तिले सहज सेवा लिन नपाएको उनीहरुको गुणासो छ । कल्याणकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बहादुर बुढाले मुलुकमा धेरै परिवर्तन भएपनि अपांगले सहज सेवा पाउन नसकेको बताउनुभयो । अपांगता भएका व्यक्तिहरुले आफ्ना कुरा सम्बन्धित ब्यक्तिको कार्यकक्षमै पुगेर सुनाउन सक्ने वातावरण नबनेका कारण सहज रुपमा सरकारी सेवा सुविधा पाउनबाट बञ्चित हुनु परेको उहाँको दुखेसो छ ।  

अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ जारी भएता पनि जिल्लाका सरकारी लगायत गैरसरकारी निकायहरुमा अपांगमैत्री संरचना निर्माण भएका छैनन । जिल्लामा निर्मित सरकारी भवन, विद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सडक, सडकपेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, खेल मैदान जस्ता सार्वजनिक स्थल अपांगमैत्री नभएको अपांगता भएका ब्यक्तिहरुको गुणासो छ ।

 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले अपांगता भएका ब्यक्तिहरुमा पनि बिषेश खालको क्षमता हुने भएकाले शिक्षा, स्वास्थ्य, रोजगारीमा सरकारले बिशेष भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले अपांगता भएका ब्यक्तिहरुलाई लाभ हुने खालका कार्यक्रमहरु स्थानिय तहहरुले सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकाररी कमलराज ढकाल, शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, नेपाली काँग्रेसका जिल्ला सचिब प्रकाश भण्डारी, शिवजन माद्यामिक बिद्यालयका प्रधानाध्यपक हिरालाल नेपाली लगाएतकाले बोल्नु भएको थियो । दिबशका अबशरमा ¥याली समेत निकालिएको थियो । निम बहादुर नेपालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन लक्ष्मी शर्माले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

आफन्तले वास्ता नगरेपछि दाङका १० बर्षिय बालक भागेर सल्यान आए

सल्यान २८, मंसिर । सल्यानमा एक बेबारिसे बालक भेटिएका छन् । जिल्लाको श्रीनगरमा बेबारिसे अबस्थामा भेटिएका ती बालकको प्रहरीले उद्धार गरे पछि अल्पकालीन

नागरिक समाज संगठनको भूमिका तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सल्यान २७, मंसिर हरप्लेस नेपाल सल्यानको आयोजनामा आज सल्यान खलंगामा नागरिक समाज संगठनको भूमिका तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरप्लेसका

पहल कार्यक्रमको समिक्षा बैठक सम्पन्न

सल्यान २७, मंसिर जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरीप्रकाश बुढाथोकीले स्थानिय तहहरुसँग समन्वय गरेर मात्रै कार्यक्रम सञ्चालन गर्न आग्रह

स्थानिय