• शुक्रबार-१-७-२०८१/ 19-Friday-2024
  • 01:50:11

सल्यानमा अपांगमैत्री संरचना नहुँदा सास्ती

 

सल्यान १७, मंसिर ।

सल्यानमा निर्माण गरिएका सबै संरचनाहरु अपांगमैत्री नहुँदा सास्ती भोग्दै आएको अपांगता भएका ब्यक्तिहरुको गुणासो रहेको छ । जिल्लामा रहेका सबै सरकारी कार्यालयहरु सँगै यहाँ निर्माण गरिएका भौतिक संरचनाहरु अपांगमैत्री नहुदाँ सास्ती भोग्दै आएको उनीहरुको गुणासो रहेको छ । २७ औँ अन्र्तराष्ट्रिय अपांग दिवशका अबशरमा कल्याणकारी अपांग सेवा संघ सल्यानले सितलपाटीमा आयोजना गरेको कार्यक्रममा सहभागीले यस्तो गुणासो गरेका हुन् ।

 

उनीहरुले पुराना भौतिक संरचना सँगै नयाँ निर्माण भएका संरचनाहरु पनि अपांगमैत्री बन्न नसक्दा समस्या भएको बताएका हुन् । शिबजन माद्यामिक बिद्यालय अन्र्तगतको दृष्टिबिहिन छात्रबासका शिक्षक राजेश अर्यालले यहाँ निर्माण गरिएको छात्रबास अपांगमैत्री नहुदाँ समस्या भएको बताउनु भयो । उहाँले दृष्टिबिहिन बिद्यार्थीहरु अध्ययन गर्दै आएको यस छात्रबासमा भएको कक्षाकोठा देखी शौचालय सम्मका सबै संरचनाहरु अपांगमैत्री नभएको बताउनुभयो ।

‘अपांगमैत्री संरचना नहुदाँ बिद्याथीहरुले दुख झेल्दै आएका छन्, पढ्न, खान, बस्न, खेल्न, हिडडुल गर्न समेत समस्या भएको छ’— उहाँले भन्नुभयो । जिल्लामा अपांगमैत्री कार्यालय नहुँदा सिधै कार्यालयमा गएर आफ्ना समस्या राख्न समेत अपांगता भएका ब्यक्तिहरुलाई समस्या भएको छ । कार्यालय परिसरमै पुग्न नसकेका अपांगको पहुँच कार्यालय प्रमुखसम्म पुग्ने त कुरै भएन ।

सरकारी कार्यालय पनि अपांगमैत्री नहुदाँ अपांगता भएका व्यक्तिले सहज सेवा लिन नपाएको उनीहरुको गुणासो छ । कल्याणकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बहादुर बुढाले मुलुकमा धेरै परिवर्तन भएपनि अपांगले सहज सेवा पाउन नसकेको बताउनुभयो । अपांगता भएका व्यक्तिहरुले आफ्ना कुरा सम्बन्धित ब्यक्तिको कार्यकक्षमै पुगेर सुनाउन सक्ने वातावरण नबनेका कारण सहज रुपमा सरकारी सेवा सुविधा पाउनबाट बञ्चित हुनु परेको उहाँको दुखेसो छ ।  

अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ जारी भएता पनि जिल्लाका सरकारी लगायत गैरसरकारी निकायहरुमा अपांगमैत्री संरचना निर्माण भएका छैनन । जिल्लामा निर्मित सरकारी भवन, विद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सडक, सडकपेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, खेल मैदान जस्ता सार्वजनिक स्थल अपांगमैत्री नभएको अपांगता भएका ब्यक्तिहरुको गुणासो छ ।

 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले अपांगता भएका ब्यक्तिहरुमा पनि बिषेश खालको क्षमता हुने भएकाले शिक्षा, स्वास्थ्य, रोजगारीमा सरकारले बिशेष भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले अपांगता भएका ब्यक्तिहरुलाई लाभ हुने खालका कार्यक्रमहरु स्थानिय तहहरुले सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकाररी कमलराज ढकाल, शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, नेपाली काँग्रेसका जिल्ला सचिब प्रकाश भण्डारी, शिवजन माद्यामिक बिद्यालयका प्रधानाध्यपक हिरालाल नेपाली लगाएतकाले बोल्नु भएको थियो । दिबशका अबशरमा ¥याली समेत निकालिएको थियो । निम बहादुर नेपालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन लक्ष्मी शर्माले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष