• बिहीबार-१२-१५-२०८०/ 28-Thursday-2024
  • 10:17:00

सरकारले नै हत्यारालाई संरक्षण गरेको छः काँग्रेस नेतृ संग्रौला

 

बुद्धि पुन

सल्यान १८, मंसिर ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले सरकारले नै हत्यारालाई संरक्षण गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन सल्यान शाखाले आज मंगलबार खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । उहाँले दुई तिहाईको बर्तमान सरकारले हत्यारा, बलात्कारीहरुलाई सरकारले संरक्षण गरेको आरोप लगाउनु भयो ।

 

उहाँले देशमा भएका हत्या र बलात्कारका घटनाहरुका दोषिहरुलाई सरकारले कारबाही गर्नुको साटो संरक्षण गरेको बताउनुभयो । उँहाले कन्चनपुरकी निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको दाबी गर्नु भयो । पन्तको बलत्कार पछि हत्या भएको महिनौँ दिन वित्दा पनि हत्यारा पत्ता नलाग्नुमा सरकारकै संलग्नता भएको उहाँको आरोप छ ।

 

‘सरकारले पन्तको बलात्कार पछिको हत्यारा पत्ता लगाउन सकेन्, पन्तको शव जलाईयो, कपडा सबै धोईयो, सबै प्रमाण नष्ट गरियो’ उहाँले भन्नुभयो —‘हत्यारा पत्ता लगाउन सरकारले छानबिन समिती नै गठन गरेर प्रतिबेदन सार्वजनिक ग¥यो तर प्रतिबेदनमा अपराधि को भनेर देखाईएन् ।’ उहाँले हत्यारा पत्ता लगाई हदैसम्मको कारबाही गर्न माग गर्नुभयो ।

 

नेपाल महिला संघकी पूर्वकेन्द्रिय अध्यक्ष समेत रहनुभएकी संग्रौलाले दुई तिहाईको बर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गर्नुभएको छ । अहिलेको अबस्थामा जनतालाइ अधिकार सम्पन्न बनाउनु भन्दा पनि बर्तमान सरकारले जनताका अधिकार रक्षा गर्न नसक्दा सरकार असफल भएको उहाँले बताउनु भयो । उहाँले अहिलेको कम्यूनिष्ट सरकार अधिनायकबाद तर्फ उन्मुख भएको पनि बताउनुभयो ।

महंगी, मुल्य बृद्धि, दोहोरो कर जस्ता कारणले जनताले सरकारको अनुभुति गर्न नपाएको उहाँको भनाई छ । उहाँले मुलुकमा जनताले सुशासनको प्रत्याभूति गर्न नपाएको बताउनुभयो । सरकारले करको भार बढाए पनि उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसकेको उहाँको निष्कर्ष छ ।

 

दुई तिहाइको आडमा सरकार निरंकुश ढंगले अघि बढेको बताउदैँ उहाँले विधिसम्वत तवरले सरकार नचलेको बताउनुभयो । उहाँले सरकार संविधान र कानुन विपरित अघि वढेको आरोप लगाउनुभयो । संघिय संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भएपनी नियम विपरित एउटै दलबाट सभामुख उपसभामुख भएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।

 

यी सबै कारणले सरकारले संघीयतालाई नै कमजोर बनाइरहेकाले कांग्रेस सचेत भएर अघि बढिरहेको उहाँले भनाई छ । प्रेस यूनियनका जिल्ला उपाध्यक्ष राजेश शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिब जनक केसीले गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का