• बिहीबार-१२-१५-२०८०/ 28-Thursday-2024
  • 11:18:30

बन्गाडकुपिण्डे नगरपालिकाका निति तथा कार्यक्रम कस्ता छन् ?


सल्यान १९, मंसिर ।
सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाले नगरसभाबाट पारित निति तथा कार्यक्रममा जनतालाई प्रत्यक्ष फाईदा पुग्ने र जनतासँग प्रत्यक्ष रुपमा जोडिएका कार्यक्रम रहेको जनाएको छ । नगरप्रमुख गोबिन्द कुमार पुनले नगरसभाबाट पारित कार्यक्रमले नगरलाई समृद्ध बनाउने मद्धत पुग्ने बिस्वास ब्यक्त गर्नुभयो । नगरपालिकाले एक घर एक करेसावारीलाई अनिबार्य बनाएको छ ।

नगर क्षेत्रभित्र विषादीमुक्त तरकारी तथा फलफूल खेतीलाई प्रोत्साहित गर्नका साथै दुधजन्य र मासुजन्य उत्पादनलाई व्यवसायीकरण गर्नका लागि उत्पादनकर्ता कृषकलाई राजश्वमा १० प्रतिशत छुट गरिने पनि उल्लेख छ ।


ऐतिहाँसिक, पुरातात्वीक, सास्कृतिक सम्पदाहरुको लगत अध्यावधिक राखिने भएको छ । पर्यटकिय क्षेत्र कुपिण्डे ताललाई व्यवस्थित गर्न डिपिआर निर्माण गरिने निति तथा कार्यक्रममा समावेश गरिने छ । ताल संरक्षणका लागी भौतिक पूर्वाधारको निर्माण गरिनुका साथै विभिन्न सञ्चार माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रचार प्रसार गरिने भएको छ । शून्य प्रविधिमा संचालनमा रहेका घरेलु उद्योग जस्तै घरेलु हातहतियार, माटोका भाँडा, खेलौना, मूर्ति, डोरी, मुढा, ढाँका कपडा वुनाई, सिलाईकटाई, अचार, सेलरोटी आदिमा राजश्व छुट दिने व्यवस्था गरिएको छ ।


यस नगरपालिकाले सार्बजनिक गरेको कार्यक्रममा बालबालिकाकालाई छात्रबृत्तिको ब्यबस्था गर्ने पनि उल्लेख गरिएको छ । कार्यक्रममा जोखिममा परेका वा आर्थिक अवस्था कमजोर भएका जेहेन्दार वालवालिकाहरुलाई छात्रबृत्तिको व्यवस्था गरिने भएको छ । नगरका प्रत्येक बिद्यालयमा समय सापेक्ष वैज्ञानिक तथा प्राविधिक शिक्षा प्रणाली विकास गरीने छ । यस्तै सामुदायिक तथा निजी विद्यालयहरुको स्कूल ड्रेस तथा शुल्कमा एक रुपता ल्याइने निति तथा कार्यक्रममा समाबेश गरिएको छ ।


नगरपालिकाको निति तथा कार्यक्रममा जेष्ठनागरिकलाई घरदैलोमा नै गएर निशुल्क रुपा स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिएको छ । नगरका ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरदैलामा नै गएर निशुल्क स्वास्थ सेवा उपलव्ध गराउने उल्लेख गरिएको हो । यस्तै नगरभित्र ब्लड बैँकको पनि स्थापना गरिने छ । नगरपालिकाले आव ०७५÷०७६ को कुल ४७ करोड ६७ लाख ४ हजार रुपैँया बराबरको वजेट सार्वजनिक गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष