• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 09:09:07

‘दिलबर’ गीतमा सुष्मिता सेनको बेली डान्स भिडियो, नोरा फतेहीलाई कडा चुनौती


सल्यान २४, भदौ ।

अभिनेत्री सुष्मिता सेनको सुपरहिट गीत ‘दिलबर’ एकपटक फेरि चर्चामा आएको छ । यो गीतको यस पटकको चर्चा मौलिक दिलबर गर्ल सुष्मिता सेनका कारण भएको छ । सुष्मिताले हालै उनको इन्स्टाग्राममा यो सुपरहिट गीतमा बेली डान्स गरेको भिडियो पोष्ट गरेकी छिन् ।

यस डान्सका माध्यमबाट अभिनेत्री सुष्मिता सेनले रिक्रियट गरिएको दिलबर गितकी डान्सर नोरा फतेहीलाई कडा टक्कर दिइरहेकी छिन् ।

‘दिलबर’ गीतको रिमेकमा नोरा फतेहीको बेली डान्स दर्शकले निकै मन पराएका थिए । साथै यो गीत यस वर्षको धेरै हिट गीत मध्येको एक बनेको थियो । नोरा फतेहीको डान्सको पनि निकै प्रशंशा भएको थियो ।

अभिनेत्री सुष्मिताले पनि नोराको प्रशंसा गरेकी थिइन् । तर अहिले सुस्मिता आफैंले आफ्ना गीतमा बेली डान्स गरेर भिडियो पोष्ट गरेर नोरालाई चुनौती दिएकी छिन् ।

सुष्मिता सेनको फिल्म ‘सिर्फ तुम’ को यस  गीतलाई हालै निर्देशक मिलाप झावेरीले जोन अब्राहमको फिल्म ‘सत्य मेव जयते’ मा रिक्रियट गरेका थिए ।

यस गीतमा नोरा फतेहीले सुष्मिता सेनको पुरानो म्याजिकलाई पुनः दर्शकसामु पस्किएकी थिइन् । यो गीत यस वर्षको उत्कृष्ट रिक्रियट वर्जन बनेको छ ।
सुष्मिता सेनले यस गितको भिडियो शेयर गर्दै लेखेकी छिन ‘दिलबर सधंै विषेश रह्यो, निकै ध्यान दिएर भिडियो शुट गर्ने साथी श्रीयाजलाई ध्यान दिन नभुल्नुहोला । फाराह खान तिमीलाई सम्झीरहेकी छु ।’

पुरानो दिलबर गीतमा फाराह खानले कोरियोग्राफ गरेकी थिइन् ।  सुष्मिताले यस गीतको भिडियोबाट ‘दिलबर’ गीतकी मौलिक दिलबर गर्ल आफू नै रहेको कुरा सावित गरिदिएकी छिन् ।

 

प्रतिकृया दिनुहोस

छक्का पञ्जा तीनको ट्रेलर रिलिज

  हास्य विधामा बनेको चलचित्र छक्का पञ्जा ३ को ट्रेलर रिलिज भएको छ । सँगै चलचित्र रिलिज घोषणा समेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते

कुनै बेला काठमाडौ‌ंमा टिक्न नसकेर झापा फर्किएका थिए धुर्मुस

 असोज ४, काठमाण्डौँ । सिताराम कट्टेल ९धुर्मुस०को आज जन्मदिन परेको छ । लामो समयदेखि उनी कलाकरिता क्षेत्रमा लागिपरेका छन् । कलाकारिता क्षेत्रसँगै

नियमित आलु खानुहुन्छ ? यस्ता छन् फाईदा

सल्यान ४, असोज । आलु मन नपराउने मानिस कमै होलान् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई