• बिहीबार-१-६-२०८१/ 18-Thursday-2024
  • 08:28:29

रेडियो राप्तीको बार्षिकोत्सवमा रेडियो र कपडा बितरण

बुद्धि पुन, रेडियो राप्ती
सल्यान २६, मंसिर ।
शारदा मिडिया संगमद्धारा सञ्चालित सामुदायिक रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्जले बुधबार बिबिध कार्यक्रम गरेर ११ औँ बार्षिकोत्सब मनाएको छ । ११ बर्ष पुरा गरेर १२ बर्षमा प्रवेश गरेको अबशरमा बिभिन्न रचनात्मक कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । उत्सवको अबशरमा जिल्ला कारागार सल्यानका कैदीबन्दीहरुलाको लागी रेडियो बितरण गरेको छ ।


कारागारमा रहेका कैदिबन्दीहरुको सुचना पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्धेश्यले रेडियो बितरण गरिएको शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले बताउनुभयो । यस्तै कारागारमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । ‘सामुदायिक रेडियोको भूमिका समाज परिबर्तनको लागी हुन्छ, रेडियोले रचनात्मक काम गर्न सिकाउने हो, हामीले पनि बार्षिक उत्सवको अबशरमा कारागारका कैदिबन्दी र कारागारमा नै आमासँग रहेका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेका छौँ’— उहाँले भन्नु भयो ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले रेडियोले आवाज बिहिनको आवाजको रुपमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले रेडियोले छिटो छरितो जनतासम्म सुचना पुर्याउने माध्यम भएको बताउनु भयो । ‘जनतालाई सुसुचित गराउने माध्यम रेडियो हो, जनताको बिस्वास रेडियोबाट प्रशारण हुने सुचना समाचारमा हुन्छ, त्यसैले सत्यतथ्यमा आधारित भएर सुचना समाचार सम्प्रेशनलाई निरन्तरता गर्न आग्रह गर्दछु’—उहाँले भन्नु भयो ।


यस्तै जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले रेडियो प्रशारण गर्ने सामाग्रीहरुमा सबै क्षेत्र, बर्गको आवाजलाई समेट्नु पर्ने बताउनुभयो । कार्यक्रममा बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो । २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले समाचारमुलक, चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैे आइरहेको छ ।


दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको जिल्लाको नै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम.ले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको छ । सुचनाको पहुँचबाट टाढा भएकाहरुलाई सुचनाको पहुँच भित्र ल्याउने उद्धेश्यले सल्यानमा नै पहिलो रेडियो राप्ती एफएम स्थापना भएको हो । रेडियो राप्ती एफएम सल्यानका साथै रुकुम, रोल्पा जाजरकोट, दाङ, सुर्खेत लगाएतका अन्लाइृनमा पनि संसरभरी सुन्न सकिन्छ ।


पछाडि पारिएका वर्ग क्षेत्र र समुदायलाई संचारका माध्यमबाट मुल प्रवाहमा समाहित हुन अभिप्रेरित गर्ने रेडियो उद्धेश्य रहेको छ । यस्तै मानव अधिकार, सामाजिक न्याय, सुशासन, शान्ति स्थापनमा सहयोग गर्ने, कला, संस्कृतिको संरक्षण गर्ने, पर्यटन विकासमा योगदान पुर्याउने, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, वैज्ञानिक कृषि प्रणालीलाई जोड दिई आम सर्वसाधारणको सम्वृद्धिको लागि त्यस प्रकारका कार्यक्रमहरुलाई रेडियोले महत्वका साथ प्रशारण गर्दे आईरहेको छ ।
 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने