• बिहीबार-१२-१५-२०८०/ 28-Thursday-2024
  • 04:30:46

शिवजन माविमा मुक्तिनाथ विकास बैंक लिमिटेडको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न


सल्यान २७, मंसिर ।
सल्यानको सितलपाटीमा रहेको शिव जन माध्यामिक विद्यालयमा विद्यार्थी लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको श्रीनगरमा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेडले आजको आवश्यकता विद्यार्थीहरुमा वित्तिय साक्षरता भन्ने मुल नारालाई आत्मसात गर्दै यस विद्यालयमा २०७ औँ विद्यार्थी लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीलाई आजै देखि नै बचत गर्ने बानीको विकास गराउँदै आफ्नो जिवन स्तरलाई सार्थक बनाउने अभियान अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा ११ र १२ का व्यवस्थापन तथा शिक्षा संकायका विद्यार्थी र शिक्षक गरि १३० जनाको उपस्थिति रहेको थियो ।


विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण मुक्तिनाथ विकास बैंक लिमिटेडका तुल्सीपुर अनुगमन अधिकृत सुनोद पौडेल तथा श्रीनगर शाखाका प्रवन्धक दोलराज शर्मा पोख्रेलले गरेका थिए । कार्यक्रमको संचालन साना तथा लघु बैंकिङ डेस्क कार्यालय श्रीनगरका कर्मचारी डिल्ली रानाले गरेका थिए भने कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य साना तथा लघु बैंकिङ डेस्क कार्यालय श्रीनगरका डेस्क प्रमुख गेहेन्द्र भट्टराईले राखेका थिए ।


कार्यक्रममा आम्दानी, खर्च, कर्जा, बजेट जोखिम बिमा जस्ता विषयमा अन्तरक्रिया र प्रश्नउत्तर छलफल गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले बचत गर्न प्रोत्साहन गरेको, फजुल खर्च कटौति गर्न सिकाएको तथा बैंक सम्बन्धी निति नियम बुझेको प्रतिकृया दिएका थिए । विद्यालयका सहायक प्र.अ. शिवलाल थापाले यस्तो रचनात्मक तथा जानकारी मुलका कार्यक्रम आफ्नो विद्यालयमा ल्याएर राम्रो काम गरेको भन्दै अझैँ यस्ता कार्यक्रमहरु बढाउँदै लैजानु बैँकलाई सुझाव दिए ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष