• शुक्रबार-१-७-२०८१/ 19-Friday-2024
  • 06:11:41

पहल कार्यक्रमको समिक्षा बैठक सम्पन्न


सल्यान २७, मंसिर
जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरीप्रकाश बुढाथोकीले स्थानिय तहहरुसँग समन्वय गरेर मात्रै कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भएको छ । उहाँले तीन वटै सरकारले सञ्चालन गर्ने कार्यक्रम र बिभिन्न संघसंस्थाहरुले गर्ने कार्यक्रमहरु एकै ठाँउमा डुब्लिङ हुदाँ समस्या हुने भन्दै स्थानिय तहहरु सँग समन्वय गरेर अगाडी बढ्न आग्रह गर्नु भएको हो । दलित बिकास समाज सल्यानले सहजीकरण गरिरहेको पहल कार्यक्रमको खानेपानी सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरमा समिक्षा बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।


उहाँले बिभिन्न संघसस्थाहरुले जिल्लाका ग्रामिण बस्तीहरुमा गरेको कामहरुको बिषयमा खुलेर प्रसंशा समेत गर्नु भयो । जिल्लामा दलित बिकास समाजको सहजीकरणमा मात्रै पनि थुप्रै परियोजनाहरु सञ्चालन भएका छन्, ती परियोजनाले स्थानिय स्तरमा नागरिकहरुको दैनिकी नै फेरिएको छ उहाँले भन्नुभयो तर परियोजना सम्पन्न हुदाँ परियोजना अबधिभरी गरेका कार्यहरुको बारेमा स्थानिय तहहरुलाई जानकारी दिनुहोला, हस्तान्तरण गर्नु होला ।


उहाँले बिभिन्न गैरसरकारी संघसंस्थाहरुको सहयोग बिना स्थानिय स्तरमा काम गर्न समस्या भएको बताउनु भयो । कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले जिल्लामा यस परियोजनाले सञ्चालन गरेको खानेपानी, सरसफाईका कामहरुलाई सकेसम्म निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले यस परियोजनाले स्थानिय स्तरमा भएका समस्यालाई उजागर गर्दै समाधान गर्ने कार्य गरेकोमा खुसी ब्यक्त गर्नु भयो ।


पहल कार्यक्रमले बिगत केही बर्षयता सल्यानमा कृषि, स्वास्थ्य, खानेपानी, सरसफाइृ लगाएतका क्षेत्रमा काम गर्दै आएको छ । दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षतामा भएको बैठकमा कार्यकारी निर्देशक दुर्गा पुनले पहल कार्यक्रमले गर्दै आएका कामहरुको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमको सहजीकरण वास अफिसर महेश हिताङले गर्नु भएको हो ।


कार्यक्रममा साझेदार संघसस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार लगाएतको सहभागिता रहेको थियो । पहल कार्यक्रम सल्यानका साबिक ६ वटा गाबिसमा सञ्चालन भैरहेको छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष