• बिहीबार-१-१३-२०८१/ 25-Thursday-2024
  • 03:51:46

नागरिक समाज संगठनको भूमिका तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


सल्यान २७, मंसिर
हरप्लेस नेपाल सल्यानको आयोजनामा आज सल्यान खलंगामा नागरिक समाज संगठनको भूमिका तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरप्लेसका जिल्ला संयोजक रामचन्द्र रेग्मीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले तीन वटै तहका सरकारले बिभिन्न ऐनकानुन निर्माण गरे पनि जनतालाई यस बिषयमा जानकारी नभएको बताउनुभयो ।


‘जनतालाई ऐन कानुनका बिषयमा समेत जानकारी छैन्, यस बिषयमा नागरिक समाजले जनतालाई सुसुचित बनाउने काम गर्नु पर्दछ’— उहाँले भन्नुभयो । उहाँले नागरिक समाजले बिकास निर्माणका काममा होला अथवा अन्य कुराहरुमा सुझाव सल्लाह वा खबरदारी गर्दा समयमा नै गर्नुपर्ने बताउनु भयो ।


यस्तै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले नागरिक समाजले जनताको पक्षमा आवाज उठाउदाँ स्थानिय स्तरबाट नै उठाउनु पर्नेमा जोड दिनुभयो । ‘नागरिक समाजले आवाज उठाउदाँ जनताका आबश्यकताका बिषयमा आवाज उठाउनु पर्दछ’— उहाँले भन्नु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ कन्चनपुरका देवराज बडुले नागरिक समाज के हो, कसरी काम गर्ने, नागरिक समाजमा को को पर्दछन् लगाएतका बिषयमा जानकारी दिनु भएको थियो ।


कार्यक्रममा नागरिक समाज, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन हरप्लेस नेपाल सल्यानका दिपेन्द्र शाहीले गर्नु भएको थियो ।  

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष