• बुधबार-१-१२-२०८१/ 24-Wednesday-2024
  • 04:23:11

आफन्तले वास्ता नगरेपछि दाङका १० बर्षिय बालक भागेर सल्यान आए


सल्यान २८, मंसिर ।
सल्यानमा एक बेबारिसे बालक भेटिएका छन् । जिल्लाको श्रीनगरमा बेबारिसे अबस्थामा भेटिएका ती बालकको प्रहरीले उद्धार गरे पछि अल्पकालीन सुरक्षित आवास गृहमा राखिएको छ । पश्चिम दाङको गोकुलडाँडा घर बताउने अन्दाजी १० बर्षिय बालक केही दिन अघि सल्यान श्रीनगरमा भेटिएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय सितलपाटीले उद्धार गरेको थियो ।


ती बालकलाई बिहीबार प्रहरीले मानवअधिकार वकालत केन्द्र (रेस) नेपाल सल्यानद्धारा सञ्चालित सुरक्षित आवास गृहमा पठाएको छ । ती बालकलाई अहिले सुरक्षित तरिकाले आवास गृहमा राखेको रेस सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले बताउनुभयो । ‘यी बालकले केही बर्ष अघि बुवा ईन्डिया गएको, आमा दोस्रो बिबाह गरेर गएको र घरमा हेरचार गर्ने अभिभावकहरु कोही नभएकाले आफु घर छोडेर हिडेको बताएकाछन्’—उहाँले भन्नु भयो ।


ती बालकले आफुले ३ कक्षा पढेर छोडेका बताएका छन् । रेस सल्यानका अध्यक्ष रेग्मीले बालकको संरक्षण र उचित ब्यबस्थापनको लागी केन्द्र, प्रदेश र स्थानिय सरकारहरुका साथै बिभिन्न साझेदारी निकायहरुसँग छलफल गर्ने बताउनुभयो । संकटापन्न अवस्थामा रहेका महिला, बालबालिका, जेष्ठनागरिक तथा अपांगता भएका व्यक्तिहरूका लागि अल्पकालीन सुरक्षित आवास गृह स्थापना गरिएको थियो ।


सुरक्षित आवास गृहमा संकटापन्न अवस्थामा रहेका व्यक्तिलाई निःशुल्क रूपमा खाना बस्न र काउन्सिलिङको व्यवस्था गरिन्छ ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने