• बिहीबार-१-१३-२०८१/ 25-Thursday-2024
  • 08:55:57

सल्यान पश्चिम क्षेत्रका महिलामा उच्च डिप्रेसनको समस्या


दुर्गा बिसी, रेडियो राप्ती
सल्यान १, पुस ।
सल्यानको पश्चिम क्षेत्रका महिलाहरुमा डिपे्रसनको उच्च जोखिम देखिएको छ । घरायसी झगडा, पारिवारिक कलह र वित्तिय संस्थाहरुबाट लिएको ऋणका कारण वढि तनावमा हुदाँ उनिहरुमा डिप्रेसण वढेको हो । वित्तिय संस्थाहरुमा आफुअनुकुल लिएको ऋणको किस्ता तिर्ने कुराले समस्या निम्त्याएको हो । किस्ता तिर्नको लागि कतिका घरमा परिवारमा झगडाको रुप लिइको समेत पाईएको छ ।


कति महिलाहरुले आफु अनुकल ऋण लिएको र त्यो ऋण परिवारले तिर्न नमान्दा ग्राहो भएको छ । स्वास्थ्य चौकि देवस्थलमा मात्रै मानसिक समस्या, छारे, मानसिक असन्तुलन, चिन्ता, दिकदारीपना लगाएतका कारण १ सय १९ जनामा यो समस्या उत्पन्न भई औषधी सेवन गरिरहेका छन् । अधिकांस महिलाहरुमा डिप्रसेन हुनमा मुख्य कारण पारिवारिक समस्या भएको स्वास्थ्य चौकि देवस्थलकि अनमी लालीका चौधरिले बताउनुभयो ।


उहाँका अनुसार डिप्रेसन रोग वढि महिलाहरुमा वढ्दै पनि गएको वताउनु भयो । २० देखि ४० वर्ष उम्मेर समुहका महिलामा यो समस्या वढि देखिएको छ । मानसिक समस्या भएका विरामीले सुधार भएमा २२ महिना र सुधार हुन नसकेमा वढिमा ५ वर्ष देखि ६ वर्ष सम्म औषधी सेवन गर्नु पर्छ । विशेष रुपले वढि सोच्ने, घरायसी झैझगडाका कारणले यो समस्या निम्तीएको चौधरीको दाबी छ ।

सल्यानको पश्चिम क्षेत्रका अन्य स्वास्थ्य चौकिहरुमा पनि डिप्रसनको औषधी खानेहरुको संख्यामा बढ्दै गएको छ । परिवारमा मेलमिलाप, मायाप्रेम, आपसिसल्लाह, सदभाव र मनोरञ्जनात्मक कुराहरुको आबश्यकता पुरा गर्नसके डिप्रेसनका बिरामीहरु कम हुदैँ जाने बताईन्छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष