• बिहीबार-१२-१५-२०८०/ 28-Thursday-2024
  • 11:41:43

खलंगा—वालुवासंग्रही सडकको मन्त्री ज्वालाद्धारा अनुगमण


बुद्धि पुन, रेडियो राप्ती
सल्यान ९, पुस ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले खलंगा, दुलधारा पोखरा हुदै वालुवासंग्रही सडक निर्माणको अनुगमण गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी जोड्ने सल्यानको मुख्य सडक खलंगा, दुलधारा पोखरा हुदै वालुवासंग्रही सडक निर्माणको सोमबार उहाँले अनुगमण गर्नुभएको हो । अहिले यस सडकको स्तरबृद्धिको काम धमाधम भैरहेको छ ।


राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तरगत सुरु भएको सडकको स्तरवृद्धिको काम २०७४ असोजमा सम्पन्न हुनुपर्ने हो । र कामको जिम्मा लिएको सन्तोषी लोहनी जेविको लापरबाहीका कारण काम तोकिएको समयमा सम्पन्न भएन् । गत कात्तिकको अन्तिमसाता सम्पन्न सरोकारवाला निकायहरुको बैठकले आउदोँ पुस १५ भित्र काम सम्पन्न गर्न निर्देशन दिएको थियो ।


सोही अनुसार अहिले सडक स्तरबृद्धिको काम धमाधम रुपमा भैरहेको छ । यस सडकको अनुगमण गर्दै मन्त्री ज्वालाले पछिल्ला दिनमा सडक निर्माणको काम तिव्र गतिमा भएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले अझै मेसिनहरु थप गरेर असजिलो मोडहरुमा छिटो काम गर्नुपर्ने र सडक अझै चौडा गर्नुपर्ने बताउनुभयो । उहाँले सडक निर्माणको कामलाई तिब्रता दिन निर्माण व्यावसायी र कार्यालयलाई निर्देशन पनि दिनुभयो ।


उहाँले छिटो भन्दा छिटो काम सम्पन्न गर्न आग्रह गर्नु भएकोछ । प्रदेश सरकारका तर्फवाट पनि यो सडकलाई कालोपत्रेका लागि रकम विनियोजन भएको उहाँले बताउनुभयो । खलंगा– दुलधारापोखरा सिमखर्क–बालुवासंग्रही (३२.४० कि.मी.) सडकको स्तरबृद्धिका लागी २४ करोड ६१ लाख १८ हजार वरावरको वजेट विनियोजन भएको छ ।
सडकमा नालि सहित ६.२५ मिटर चौडाई सडकको निर्माण गर्नु पर्ने छ । मन्त्री ज्वालासँगै प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, सुरक्षा निकायका प्रमुख, इन्जिनियर सहितको टोलीले यस सडकको अनुगमण गरेको हो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का