• शनिबार-१-८-२०८१/ 20-Saturday-2024
  • 01:01:54

सल्यानमा सञ्चालित सार्वजनिक सवारीमा फोहोर फाल्ने डस्टबिन

 

बुद्धि पुन, रेडियो राप्ती

सल्यान ११, पुस ।

सल्यानका सार्वजनिक सवारी साधनहरुमा पहिलो पटक फोहोर राख्ने डस्टबिन राख्न थालिएको छ । जथाभावी फोहोर फाल्दा बाताबरण दुषित हुने भएकाले गाडी भित्रको फोहोरलाई उचित ब्यबस्थापनको लागी पहिलो पटक डस्टबिन राख्न थालिएको हो । गाडी भित्र डस्टबिन राख्न थालेपछि यात्रुहरु पनि खुसी भएका छन् ।

 

गाडीमा डस्टबिन राख्दा फोहोर ब्यबस्थापनमा सजिलो भएको सल्यान रुकुम यातायात ब्यबसायी समितीद्धारा सञ्चालित ना ७ ख ६३५८ नम्बरको बसका चालक सुमन सुनार बताउनु भयो । उहाँले गाडीमा संकलन हुने फोहोरको ब्यबस्थापनको लागी पहिलो पटक डस्टबिन राखेकोमा खुसी ब्यक्त गर्नु भयो । यात्रुहरुले गाडी भित्र खाएर फालेका फलफूलका बोक्रा, चाउचाउ बिस्कुटका प्याकेट आदीको ब्यबस्थापनका लागी डस्टबिन राखिएकोमा गाडी स्टाफहरु पनि खुसी भएका छन् ।

 

यात्रुहरुले गाडीभित्र खानेकुरा खाएर फोहोर गल्लीमा नै जथाभावी रुपमा फाल्ने गर्दथेँ, कतीले त झन सिसा बाट नै फोहोर बाहिर फाल्ने गरेका थिए, तर अब गाडी भित्र नै फोहोर फाल्ने डस्टबिन भएपछि सजिलो हुने भयो उहाँले भन्नुभयो । ट्राफिक प्रहरीको केन्द्रिय परिपत्र अनुसार जिल्ला ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित सबै सार्बजनिक सवारी साधनहरुलाई अनिबार्य रुपमा फोहोर ब्यबस्थापनको लागी डस्टबिन राख्न सुझाव दिएको थियो ।

 

अहिले जिल्लामा सञ्चालित सबै सार्बजनिक सवारीसाधनहरुले डस्टबिन राख्न शुरु गरेको ट्राफिक प्रहरी जवान खेम केसीले बताउनुभयो । उहाँले पहिलो चरणमा यस बिषयमा गाडी स्टाफहरुलाई जानकारी दिदैँ आएको बताउनुभयो । गाडी स्टाफलाई पनि गाडी भित्र उत्पादित फोहोर ब्यबस्थापनमा समस्या नहुने, यात्रुहरुलाई पनि जथाभावी फोहोर फाल्नु पर्ने समस्याको अन्त्य हुने र जथाधावी फोहोर फाल्दा बाताबरण प्रदुषण हुने भएकाले यसलाई रोक्न यस्तो गरिएको हो उहाँले भन्नु भयो ।

 

उहाँले ट्राफिक प्रहरीको सुझावलाई अटेर गरी सार्वजनिक सवारी साधनहरुमा फोहोर ब्यबस्थापनको लागी डस्टबिन नराखेको पाईएमा कारबाही गरिने बताउनुभयो । सवारी साधनहरुमा डस्टबिन नराखेको पाईएमा फोहोरमैला ब्यबस्थापन ऐन अनुसार कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने