• सोमबार-१०-७-२०७५/ 21-Monday-2019
  • 07:13:20

नेकपाको एकिकरण गर्न सल्यानमा कार्यदल गठन


बुद्धि पुन, रेडियो राप्ती
सल्यान १२,पुस ।
सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकिकरण छिटो भन्दा छिटो हुने भएको छ । नेकपाको बिबिध कारणले जिल्ला एवं स्थानीय तहका कमिटीका साथै जनवर्गीय संगठनहरुको टुंगो अझै लाग्न नसकेको बेला सल्यानमा भने नेकपाको एकिकरण तत्काल गरिने भएको छ । जसका लागी जिल्ला स्तरीय कार्यदल गठन गरिएको छ ।


नेकपाका नेता प्रकाश ज्वालाको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरिएको हो । जसको सदस्यहरुमा नेकपाका नेताहरु टेक बहादुर बस्नेत, गुलावजंग शाह, भिम प्रकाश शर्मा, नेव बहादुर कवर, लोक बहादुर डाँगी, गोबिन्द कुमार पुन, कर्ण बहादुर बुढाथोकी रहनु भएको छ । यस कार्यदलले जनता संग पार्टीको सरकार अभियान सञ्चालन गर्ने भएको छ ।


नेकपा केन्द्रले प्रदेशलाई पूर्णता दिए जस्तै जिल्लाले स्थानिय तहहरुमा पूर्णता दिने कार्यदलका संयोजक ज्वालाले बताउनु भयो । उहाँले नेकपा कर्णाली प्रदेश कमिटीको बैठकले जिल्ला जिल्लामा नेकपाको एकिकरणको पुस महिना भरी जनतासँग पार्टीको सरकार अभियान सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।


सोही अनुसार सल्यानका सबै स्थानिय तहहरुमा अभियान सञ्चालन गर्न थालिएको उहाँको भनाई छ । जिल्लाका सबै स्थानिय तहहरुमा पार्टी एकिकरण गर्नको लागी कार्यदल गठन गरिएको बताउदैँ उहाँले निश्चित मापदण्ड बनाएर कार्यदलले काम अगाडी बढाउने बताउनुभयो । उहाँले कार्यदलले बनाएको मापदण्डको आधारमा आगामी माघ महिनादेखी सबै स्थानिय तहहरुमा एकिकरण गर्न शुरु गरिने बताउनुभयो ।


तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका कार्यदल गठन गरिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ३ जेठमा पार्टी एकीकरण भई नेकपा घोषणा भएको थियो ।

 

प्रतिकृया दिनुहोस

कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई छैन : मन्त्री केसी

बुद्धि पुन, रेडियो राप्ती सल्यान २९, पुस । कर्णाली प्रदेशकी भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णालीको गरिबी बेचेर खाने अधिकार

कर्णालीको भोकमरी र गरिबी बारे सत्य–तथ्य अध्ययन गरिन्छ : मन्त्री ज्वाला

 सल्यान १६, पुस । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मिडियाले बाहिर ल्याएको कर्णालीमा खानै नपाउने र 

खलंगा—वालुवासंग्रही सडकको मन्त्री ज्वालाद्धारा अनुगमण

बुद्धि पुन, रेडियो राप्ती सल्यान ९, पुस । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले खलंगा, दुलधारा पोखरा हुदै

स्थानिय