• बिहीबार-१२-१५-२०८०/ 28-Thursday-2024
  • 05:09:40

कर्णाली प्रदेश कप टी–२० क्रिकेटः सल्यान र जाजरकोट विजयी


रेडियो राप्ती, समाचार डेस्क
सल्यान १३, पुस ।
रुकुम पश्चिममा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा बिहिबार सल्यान र जाजरकोट विजयी भएका छन् । पहिलो जित हासिल गर्ने क्रममा सल्यानले कालिकोट र जाजरकोटले जुम्लालाई पराजित गरेको हो ।


जिल्लाको चौरजहारीमा बिहिबार भएको दोस्रो खेलमा सल्यानले कालिकोटलाई ६१ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको सल्यानले निर्धारित २० ओभरमा १ सय ७९ रन बनाएको थियो । उसका लागि चन्द्र बिसीले सर्वाधिक ७३ रन बनाए । सुर्य बस्नेतले ३४ र निराजन पुनले १९ रनको योगदान दिए । कालिकोटका लागि मवित शर्माले २, प्रतिक गिरीले १ र सुमित माझिले १ विकेट लिएका थिए ।


यस्तै बिहिबार बिहान भएको प्रतियोगीताको दोस्रो खेलमा जाजरकोटले जुम्लालाई ४९ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको जाजरकोटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रनको योगफल खडा गरेको थियो । जाजरकोटका लागि प्रणव भडेलले अर्धसतकिय पारी खेले । उनि ५४ रन बनाएर नटआउट रहे । जाजरकोटका लागि सुमन गुरुङले १५ रन बनाएका थिए ।


बलिङ तर्फ जुम्लाका श्री थापाले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिएका थिए । १ सय १६ रनको विजयी लक्ष पछ्याएको जुम्ला १३ दशमलव ४ ओभरमा ६६ रन बनाउँदै अलआउट भयो । जुम्लाका कुनैपनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । जाजरकोटका लागि युनिस बिक्रम सिंहले ४, केशव अधिकारीले ३ र प्रणव भडेलले २ विकेट लिए । अर्धसतक सहित २ विकेट लिएका जाजरकोटका प्रणव भडेल म्यान अफ द म्याच घोषित भए ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ९ असोज । सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको

प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु

रेडियो राप्ती, समाचार डेस्क, सल्यान २, जेठ । प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ३०, बैशाख । सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक