• शुक्रबार-१-७-२०८१/ 19-Friday-2024
  • 04:55:15

कर्णालीको भोकमरी र गरिबी बारे सत्य–तथ्य अध्ययन गरिन्छ : मन्त्री ज्वाला


 सल्यान १६, पुस ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मिडियाले बाहिर ल्याएको कर्णालीमा खानै नपाउने र  भोकमरीको अवस्थाको समाचार ‘सत्य हो वा होइन’ भन्नेबारे विस्तृत अध्ययन गरिने बताउनुभएको छ ।

प्रेस संगठन जुम्लाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको भोकमरीको विषयमा जसले सार्वजनिक गरेको तथ्यांक भएपनि चाँडै कार्यदल गठन गरेर कर्णालीको खास अवस्थाको बारेमा अध्ययन प्रतिवेदन निकालिने बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, ‘कर्णालीमा धेरै जसो चामल अभावलाई भोकमरी भन्ने पनि गरिन्छ अब साच्चिकै अध्ययन गरेर भोकमरीको अवस्था पत्ता लगाउँछौं ।’ उहाँले यसमा लागि स्थानीय सरकारले हरेक वडा र घरको आर्थिक अवस्थाको तथ्यांक राख्नुपर्ने बताउनुभएको छ ।

उहाँले कर्णाली प्रदेशलाई अरु प्रदेशसँग नदाजी भिन्नै विशेष अनुदान र समपुरक बजेट दिएमा समृद्धिको ढोका खुल्ने बताउनुभयो । कर्णाली सरकारको आगामी वर्षको नीति योजनाहरुको छलफल तथा सुझाव संकलन गर्न जुम्ला आउनुभएका मन्त्री ज्वालाले पत्रकार सम्मेलनमा यहाँको लोभ लाग्दो स्रोत उपयोग गर्न प्रयाप्त बजेटको अभाव भइरहेको बताउनुभयो ।

उहाँले विधुत, सडक, पर्यटकीय पूर्वाधार, सामाजिक विकासका लागि आधार तयार गर्न संघीय सरकारले ठूलो लगानी गर्न आवश्यक रहेको बताउनुभयो । कर्णालीको पानीलाई मेघावाट स्तरको बत्ति निकाल्न, यहाँको नाग्म गमगडी रारा मार्ग बाटो स्तरवृद्धि गर्न, कर्णालीमा पर्यटकीय सर्किट तथा पूर्वाधार तयार गर्न टुक्रे बजेटले नसकिएकाले गौरवको आयोजना आवश्यक रहेको बताउनुभयो ।

मन्त्री ज्वालले कर्णालीको विकासका लागि सरकारले लगानी जुटाउन प्रयास गरिरहेको समेत बताउनुभयो । उहाँले पहिलो संघीय सरकारको अनुदानमा बढाउने र दोस्रो साझेदार निकायहरुसँग लगानीमा जोड दिन समन्वय गर्ने प्रदेश सरकारले रणनीति अगाडि बढाएको बताउनुभयो ।

उहाँले जमुनाह हिल्सा द्रूर्तमार्गको लगानी समेतको लागि लगानीकर्ता कर्णाली सरकारले खोजीरहेको बताउनुभयो । सरकारले भूगोलको आधारमा ठीक बीचमा रहेको साविक कर्णालीको मुकाम जुम्लालाई थप विकास गर्दै लैजाने बाचा गर्दै आएको देखिन्छ ।

कर्णालीको राजधानीको रुपमा हिस्सा माग गरेको जुम्लामा सिंजा सभ्यताको संरक्षण प्रर्वद्धन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘अपग्रेड’, चन्दननाथ भैरवनाथ र डुडु चैत्यको पर्यटकीय सम्भावना, बिजुली, सडक, कृषि, जडिबुटी, शैक्षिक हवलगायतका विषयमा पनि उहाँले योजना अगाडि बढाउने दोहो¥याउनुभयो ।

उज्यालो अन्लाईनबाट

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का