• सोमबार-१०-७-२०७५/ 21-Monday-2019
  • 07:23:44

सल्यानमा अबैध घरेलु मदिरा बरामद पछि नष्ट

रेडियो राप्ती, समाचार डेस्क
सल्यान २८, पुस ।
सल्यान प्रहरीले शनीबार अबैध घरेदु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर १, १२ र १५ बाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा, जाँड र मदिरा बनाउन प्रयोग गरिने औषधि नष्ट गरेको हो । पछिल्लो समय सल्यान प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ ।

जस अन्र्तगत शनीबार मात्रै बरामद गरिएको ५० लिटर मदिरा, २ हजार लिटर जाँड र मदिरा बनाउन प्रयोग गरिने १७ किलोग्राम कच्चा पदार्थ औषधि बरामद गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय सितलपाटीका प्रहरी नायव निरिक्षक भागीरथ चन्दले बताउनु भयो ।


यस्तै मदिरा बनाउन प्रयोग गरिएका केही थान भाँडाहरु पनि बरामद गरिएको उहाँले बताउनु भयो । मदिरा सेवन कै कारण समाजमा हिंसा, बलात्कार, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई नियन्त्रण पनि मदिरा नियन्त्रण गरी बरामद गरिएको उहाँले बताउनु भयो ।


यसैबिच
सल्यानकोे पश्चिम क्षेत्रमा रहेका बनगाडकुपिण्डेको वडा ५ को शंखपिपल वजार, त्रिवेणि वजार, वडा ६ को सुनौलीवजार, वडा १ को देवस्थल, गैलीवजार र सल्लीवजारको विभिन्न स्थानहरुबाट २ हजार ५ सय लिटर मदिरा वरामद गरि नष्ट गरिएको छ ।

घरेलु मदिरा तयार पार्ने सयौ थान भाडाकुडाँ र मदिराको लागि आवश्यक ९० केजी कच्चा पदार्थ समेत नष्ट गरेको इलाका प्रहरी कार्यालय सल्लीवजारले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सिद्धकुमाखमा महिलाहरुलाई आयआर्जनमुलक तालिम प्रदान गरिदैँ

बुद्धि पुन, रेडियो राप्ती सल्यान ५, माघ । सल्यानको सिद्धकुमाख गाउपालिकाले महिलाहरुलाई आयआर्जन मुलक कामहरुमा लाग्न प्रेरित गर्न थालेको छ । महिलालाई

बिहेको निम्तो दिन जाँदा हतौडाले हानेर हत्या गर्ने पक्राउ

रेडियो राप्ती, समाचार डेस्क सल्यान ४, माघ । सल्यानमा बिहेको निम्तो दिन गएका एक ब्यक्तिको मृत्यू भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर २

गाउँमा खानेपानी आएपछि २९ घरधुरीमा खुसीयाली

    सल्यान ५, पुस । सल्यानको कालीमाटी गाउपालिका वडा नम्बर २ बराढुंगाका शिबलाल वलीलाई खानेपानी ल्याउन घर देखी करिब १ घण्टा हिड्नु पथ्र्यो । घर

स्थानिय