• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 06:30:42

सल्यानमा अबैध घरेलु मदिरा बरामद पछि नष्ट

रेडियो राप्ती, समाचार डेस्क
सल्यान २८, पुस ।
सल्यान प्रहरीले शनीबार अबैध घरेदु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर १, १२ र १५ बाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा, जाँड र मदिरा बनाउन प्रयोग गरिने औषधि नष्ट गरेको हो । पछिल्लो समय सल्यान प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ ।

जस अन्र्तगत शनीबार मात्रै बरामद गरिएको ५० लिटर मदिरा, २ हजार लिटर जाँड र मदिरा बनाउन प्रयोग गरिने १७ किलोग्राम कच्चा पदार्थ औषधि बरामद गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय सितलपाटीका प्रहरी नायव निरिक्षक भागीरथ चन्दले बताउनु भयो ।


यस्तै मदिरा बनाउन प्रयोग गरिएका केही थान भाँडाहरु पनि बरामद गरिएको उहाँले बताउनु भयो । मदिरा सेवन कै कारण समाजमा हिंसा, बलात्कार, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई नियन्त्रण पनि मदिरा नियन्त्रण गरी बरामद गरिएको उहाँले बताउनु भयो ।


यसैबिच
सल्यानकोे पश्चिम क्षेत्रमा रहेका बनगाडकुपिण्डेको वडा ५ को शंखपिपल वजार, त्रिवेणि वजार, वडा ६ को सुनौलीवजार, वडा १ को देवस्थल, गैलीवजार र सल्लीवजारको विभिन्न स्थानहरुबाट २ हजार ५ सय लिटर मदिरा वरामद गरि नष्ट गरिएको छ ।

घरेलु मदिरा तयार पार्ने सयौ थान भाडाकुडाँ र मदिराको लागि आवश्यक ९० केजी कच्चा पदार्थ समेत नष्ट गरेको इलाका प्रहरी कार्यालय सल्लीवजारले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष