• बिहीबार-१-६-२०८१/ 18-Thursday-2024
  • 11:39:46

सल्यानमा १०० वर्षिया लती यरीको आँखा जाँच गरिए पछि...

रेडियो राप्ती, समाचार डेस्क
सल्यान २९, पुस ।
एकदिने निशुल्क आँखा शिबिर शनीबार सल्यानमा सम्पन्न भएको छ । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका ९ जयतपानीमा रहेको प्रतिभा माद्यामिक बिद्यालयको प्रांगणमा सो शिबिर सम्पन्न भएको हो । नेपाल नेत्रज्योती संघ, सल्यान आँखा उपचार केन्द्र शितलपाटीको प्राविधिक सहयोग र परिवर्तन कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा स्थानिय ब्यबस्थापनमा सम्पन्न शिबिरमा १ सय वर्षिया लती यरीको आँखा जाँच गरिएको थियो ।


आँखा जाँच पछि उहाँले खुसी ब्यक्त गर्नु भयो । यसरी घरआँगनमा नै आँखा जाँच गर्न पाउला भन्ने नसोचेको बताउदैँ उहाँले जयतपानीमा नै आँखा जाँच गर्न पाउदाँ खुसी लागेको प्रतिक्रिया दिनु भयो । उहाँ सँगै  ८५ वर्षिया रती कुमाइ र ८४ वर्षिया शितली कुवंरको पनि आँखा जाँच गरिएको थियो ।


यस आँखाजाँच कार्यक्रममा १ सय २ जना महिला र ५३ जना पुरुषहरूको  आँखा जाँच गरिएको थियो । जसमध्ये ३३ जना मोतीबिन्दु भएका विरामीलाई अप्रेसनको लागि छनौट  गरिएका छ भने ५ जना आखाको आसुनली बन्द भएकाहरुलाइ अप्रेशनको लागि राप्ती आँखा अस्पताल तुल्सिपुर पठाईएको छ ।


आँखाजाँच कार्यक्रममा सल्यान आँखा उपचार केन्द्रका प्रमुख पदमराज पन्त र सुन्सरा बस्नेतले सेवा दिनु भएको थियो । शिबिरमा आँखाका सामान्य विरामी जस्तै आँखाका परेला भित्र फर्केका, आँखा पाकेका, आँखामा मासु पलाएका, आँखा रातो भएका, आँखा बिजाउने, आँखा सुख्खा हुने, आँखा पोल्ने, आँखा भत्किने र चश्मा लगाउनु पर्ने समस्या भएका बिरामीहरुलाइ निशुल्क औषधि तथा आवस्यक सरसल्लाह दिईएको थियो ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने