• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 08:06:56

बिहेको निम्तो दिन जाँदा हतौडाले हानेर हत्या गर्ने पक्राउ


रेडियो राप्ती, समाचार डेस्क
सल्यान ४, माघ ।
सल्यानमा बिहेको निम्तो दिन गएका एक ब्यक्तिको मृत्यू भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर २ सालघारी निबासी ४२ बर्षिय यमन बोहरालाई बिहेको निम्तो दिन जाँदा हतौडाले हानेर हत्या गरिएको हो । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर २ फूलगाँउका अन्दाजी ४६ बर्षिय शालिकराम चलाउनेले बोहरालाई हतौडाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख बिरेन्द्र बहादुर शाहीले बताउुभयो ।


उहाँका अनुसार सालघारीका बोहरा शुक्रबार बिहान ८ बजेतीर छोराको बिहेको निम्तो दिन फूलगाँउ स्थित चलाउनेको घरमा गएका थिए । सोही बेला दुई बिचमा बिबाद भएपछि चलाउनेले बोहराको टाउकोमा हतौडा प्रहार गरेका थिए । हतौडा प्रहारबाट बोहराको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


बोहराको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको छ । शबको शनीबार पोष्टमार्टम हुने छ । यसैबिच हतौडा प्रहार गरि हत्या गरेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । घटना लगतै अभियुक्त चलाउने फरार भएका थिए ।  उनलाई गाउँ देखी ३ किलोमिटर माथिको कुमाख जंगलमा भाग्दै गरेको अवस्थामा ८ घण्टा पछि बेलुका ६ बजेतिर पक्राउ गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गिरीराज भण्डारीको नेतृत्वमा खटेको १५ जनाको प्रहरी टोलीले उनलाई जंगल बाटै नियन्त्रणमा लिएको हो । घटना किन र के कारणले भएको भन्ने बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष