• बिहीबार-१-६-२०८१/ 18-Thursday-2024
  • 11:38:00

पारदर्शीताका साथ काम गर्न जिसस प्रमुख बिष्टको आग्रह

रेडियो राप्ती, समाचार डेस्क
सल्यान ५, माघ ।
जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले पारदर्शीताका साथ काम गर्न साझेदारी निकायहरुलाई आग्रह गर्नु भएको छ । उहाँले अपारदर्शी, अनियमितताका खबरहरु बेला बेलामा आउने गरेको बताउदैँ सल्यानको समृद्धिको लागी पनि पारदर्शीताका साथ काम गर्नुपर्ने बताउनु भएको हो ।


दलित बिकास समाज सल्यानले शुक्रबार खलंगामा आयोजना गरेको जिल्ला परियोजना सल्लाहकार समिती बैठक तथा सुआहारा दोस्रो कार्यक्रमको अनुगमण, मूल्यांकन र अनुसन्धानको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले जिल्लामा बिभिन्न संघसंस्थाहरुले सञ्चालन गर्ने कार्यक्रम स्थानिय तहहरु सँग समन्वय गरेर सञ्चालन गर्न आग्रह गर्नु भएको हो । उहाँले कार्यक्रमहरु स्थानिय तहहरु सँग समन्वय गरेर सञ्चालन गर्दा ती कामहरुको अनुगमण, निरिक्षण गर्न सजिलो हुने बताउनु भयो ।


दलित बिकास समाज सल्यानको सहजीकरणमा सञ्चालित पहल कार्यक्रम र सुआहारा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, बिपत ब्यबस्थापन जस्ता बिभिन्न क्षेत्रहरुमा गरेको कामको प्रसंसा गर्दै उहाँले सडक निर्माण र भौतिक पूर्बाधार भन्दा पनि यस प्रकारका कामहरुमा जोड दिन स्थानिय तहहरुलाई उहाँले आग्रह गर्नु भएको छ । पयिोजना सम्पन्न भएपछि ती परियोजनाले गरेका कामहरुलाई दिगो बनाउनको लागी स्थानिय तहहरुले पनि यस प्रकारका निति तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो ।


उहाँले यी परियोजनाले सञ्चालन गरेका कामहरुलाई दिगो बनाउन सके गरिबी अन्त्य, पोषणमा सुधार र सरसफाईमा फट्को मार्ने बताउनु भएको हो । कार्यक्रममा सुआहाराका फिल्ड संयोजक तोरण बुढाथोकीले जिल्लामा रहेका महिला तथा बालबालिकाहरुको पोषणमा सुधार ल्याउन गरेको गरेको कामको बारेमा जानकारी दिनु भएको थियो ।


यस्तै पहल कार्यक्रमका जिल्ला संयोजक धुब्र्र सुनाले साबिकका ६ वटा गाबिसमा सञ्चालित पहल कार्यक्रमले गर्दै आएका कामहरुका बारेमा जानकारी दिनु भएको थियो । यस्तै दलित बिकास समाजका कार्यकारी निर्देशब दुर्गा पुनले बहुक्षेत्रिय पोषण योजना र सुआहाराका हरी घिमिरेले सुआहारा दोस्रो कार्यक्रमको अनुगमण, मूल्यांकन तथा अनुसन्धानको नतिजाका बारेमा जानकारी दिनु भएको थियो ।


कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरी प्रकास बुढाथोकी, कपरकोट गाउपालिका अध्यक्ष भिम बहादुर सेन, शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, सिद्धकुमाख गाउपालिका उपाध्यक्ष पुष्पा बोहरा, प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने