• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 05:37:42

सिद्धकुमाखमा महिलाहरुलाई आयआर्जनमुलक तालिम प्रदान गरिदैँ


बुद्धि पुन, रेडियो राप्ती
सल्यान ५, माघ ।
सल्यानको सिद्धकुमाख गाउपालिकाले महिलाहरुलाई आयआर्जन मुलक कामहरुमा लाग्न प्रेरित गर्न थालेको छ । महिलालाई उद्यमी र ब्यबसायी बनाउन सके आर्थिक तथा सामाजिक रुपमा नै परिवर्तन हुने भन्दै गाउपालिकाले महिलाहरुलाई आयआर्जन मुलक कामहरुमा लाग्न उत्प्रेरित गर्न थालेको हो । महिला र पुरुष दुबैले उद्यम तथा ब्यबसाय सुरु गरे मात्र गाउपालिका पनि आर्थिक रुपमा मजबुद हुने भएकाले महिलाहरुलाई आयआर्जनका कामहरुमा लाग्न प्रेरित गर्न थालिएको गाउपालिका उपाध्यक्ष पुष्पा बोहराले बताउनु भयो ।


उहाँले गत बर्ष मात्रै पनि गाउँपालिकाले महिलाहरुलाई उद्यमी बनाउन क्रिष्टलको गहना बनाउने लगाएतका बिभिन्न स्वरोजगारमुल तालिमहरु सञ्चालन गरेको बताउनुभयो । महिलाहरुलाई ब्यबसायिक बनाउन गाउपालिकाले सिपबिकासका बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ, हामीले थोरै लगानीमा पनि ब्यबसाय सञ्चालन गर्न सकिने किसिमका तालिमहरु सञ्चालन गर्दै आएका छौँ, महिला आत्मनिर्भर हुने र महिलाले पनि राम्रो आम्दानी गर्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ उहाँले भन्नुभयो ।


उहाँले महिलालाई उद्यमशीलतामा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । महिलाले उद्यम गरेर आर्थिक क्रियाकलापमा वृद्धि गर्नसक्छन, गाउपालिकाले उद्यमीहरुलाई प्रोत्साहन देखी लिएर आबश्यक सहयोग पनि गर्दै आएको छ, उद्यमीले निर्धक्क भएर आफ्ना उद्यम र व्यवसायलाई अगाडी बढाउन सक्छन् उहाँले भन्नुभयो । उहाँले लक्षित बर्गको बजेटमा महिलालाई आर्यआर्जन, सिपबिकास, क्षमता बिकासका बिभिन्न कार्यक्रमहरु समाबेश गरेको बताउनुभयो ।


हालै किशोरीहरुलाई जीवनउपयोगी तालिम प्रदान गरेको यस गाउँपालिकाले २५ जना महिलाहरुलाई फेब्रिकको माला बनाउने र ब्याज बनाउने तालिम सञ्चालन गर्न लागिएको गाउपालिकाका सुचना अधिकारी भिम भण्डारीले बताउनुभयो । उहाँले यस सम्बन्धी एकहप्ते तालिम आईतबार देखी सञ्चालन गर्न लागिएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष