• बिहीबार-१-६-२०८१/ 18-Thursday-2024
  • 09:32:31

‘धूम ३’ लाई सेन्सर बोर्डले दियो पिजी सर्टि्सिकेट


असोज २
काठमाडौं – नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको चलचित्र ‘धूम ३’ ले पिजी सर्टि्फिकेट पाएको छ ।

आउँदो शुक्रबारदेखि अल नेपाल रिलिजको तयारीमा रहेको यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टि्फिकेट दिएको हो । जसले गर्दा १६ वर्ष मुनिका दर्शकहरुले यो चलचित्र हेर्न जाँदा अभिभावकसहित जानु पर्ने भएको छ ।

जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘धूम ३’ को प्रस्तुतकर्तामा जाहन्बी बस्नेत र ब्रबिम बस्नेत रहेका छन् भने टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायाँकन, हिमाल केसीको द्वन्द, तुलसी बाँस्कोटाको सम्पादन एवम् जय किशन बस्नेत र शिव बिकको नृत्य निर्देशन रहेको छ ।

हजारौंको संख्यामा ट्रोलहरु बनाएर सामाजिक सञ्जालहरुमा व्यापक चर्चा बटुलिरहेको यस चलचित्रमा जयक किशन बस्नेतसहित एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम के.सी., सपनाश्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारहरुले अभिनय गरेको छ ।

अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र ‘धूम २’ ले समेत सोचेको भन्दा राम्रो व्यापार गरेकोले ‘धूम ३’ बाट अझ धेरै आशावादी भएको नायक तथा निर्देशक बस्नेतले बताएका छन् ।

‘काल्पनिक नाटकीय ढर्राभन्दा पनि मानवीय जिवनका यथार्थ दैनिकीमा आधारित रहेर चलचित्रको निर्माण गरिएकोले आम दर्शकहरुले चलचित्रलाई माया गर्नु हुनेछ’, नायक बस्नेतले बताउनुभयो ।

उज्यालोबाट

प्रतिकृया दिनुहोस

छक्का पञ्जा तीनको ट्रेलर रिलिज

  हास्य विधामा बनेको चलचित्र छक्का पञ्जा ३ को ट्रेलर रिलिज भएको छ । सँगै चलचित्र रिलिज घोषणा समेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते

कुनै बेला काठमाडौ‌ंमा टिक्न नसकेर झापा फर्किएका थिए धुर्मुस

 असोज ४, काठमाण्डौँ । सिताराम कट्टेल ९धुर्मुस०को आज जन्मदिन परेको छ । लामो समयदेखि उनी कलाकरिता क्षेत्रमा लागिपरेका छन् । कलाकारिता क्षेत्रसँगै

नियमित आलु खानुहुन्छ ? यस्ता छन् फाईदा

सल्यान ४, असोज । आलु मन नपराउने मानिस कमै होलान् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई