• शनिबार-१-८-२०८१/ 20-Saturday-2024
  • 08:12:45

साथी सेटल भएछ

आस्थाका झिटिझाम्टा बोकेर गाउँ पसेथ्यो ऊ

गाउँको महान सपना बोकेर उकालो चढेथ्यो ऊ

समयकाल नबित्दै सपना थाँति राखेर

फेरि उहीँ सहरमा साथी सेटल भएछ ।

 

भेरीका किनारै किनार रातविरात हिडेथ्यो ऊ

थबाङ र मैकोटका बस्तीहरूमा हिउँसँग चिप्लेटी खेलेथ्यो ऊ

पिली र कोटवाडाका चौरहरूमा गुलेली खेलेथ्यो ऊ

दुनैका गाउँहरूमा रङ्गेली खेलेथ्यो ऊ

आज बोकेर मिठा सपनाहरू फर्केछ ऊ,

फेरि उहीँ सहरमा साथी सेटल भएछ ।

 

गाउँको हर्कबहादुर, बीरबहादुर र मानबहादुर

मनकुमारी, सुन्तली र रुपमतीलाई साथमा लिएर हिडेथ्पो ऊ

जिम्वाल मुखिया र तालुकदारका खलियानबाट धान उठाएर

रित्ता पेट, ठुइला र भकारी भर्ने सयना बोकेर

जसको जोत उसको पोतको नारा बोकेर

हिडाएथ्यो हर्के साइलालाई पनि

छोडेर बाटोमै स्कुले नानीहरूलाई

बोकेर पुरानै  मिठा सपनाहरू

साथी उहीँ सहरमा सेटल भएछ ।

 

रित्तिएका काखहरूमा अभावको आगो बालेर

खाली सिउँदो र पेटहरूमा आक्रोसका ज्वाला दन्काएर

भत्केका घर र बस्तीहरूमा पीडाको ज्वारभाटा  उठाएर

फेरि उहीँ पुरानै बाटो साथी सहर पसेछ

बोकेर मिठा सपनाहरू

साथी उहीँ सहरमा सेटल भएछ ।

प्रतिकृया दिनुहोस

राष्ट्रको सर्वाङगिन विकास: युवा र मदिरा

रेडियो राप्ती, सल्यान २६, असार । सिर्जनशिल एवं उत्पादनसिल कार्यमा सहभागी भई राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवाललाई आत्म साथ गर्दै देशको

जाडोको समयमा कालो चिया ? यस्ता छन् फाइदा !

सल्यान २९, मंसिर । अहिले सल्यान लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो

'समृद्ध कर्णालीको लागी पूर्बाधार बिकास आबश्यक'

धिरज भण्डारी प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रर्यटन बर्ष २०१८ सुरु गदैँ मुगुको राराबाट भन्नुभयो—‘सुख नेपाली समृद्धि नेपाल’ निर्माण गर्न