• शुक्रबार-१-७-२०८१/ 19-Friday-2024
  • 04:26:27

नियमित आलु खानुहुन्छ ? यस्ता छन् फाईदा


सल्यान ४, असोज ।
आलु मन नपराउने मानिस कमै होलान् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई रुचाउँछन् ।

 

यतिमात्रै होइन आलुबाट विभिन्न थरी स्वादिला परिकारहरु बनाउन सकिने र जुनसुकै तरकारीमा पनि यसलाई मिसाउन सकिने भएकाले आलु सर्व्प्रिय छ । सबैले मनपराउने र स्वादिलो तरकारी आलुलाई तरकारीको राजा त्यसै भनिएको होइन । यो धनीदेखि गरिब सबैको भान्छामा नियमित पाक्छ ।

 

आलु स्वादमा मात्रै अब्बल छैन यसबाट अरु धेरै किसिमका स्वास्थ्य लाभ पाउन सकिन्छ । हाम्रो देशमा मात्रै होइन विश्वभरमा सबैभन्दा धेरै आुलको सेवन गरिन्छ ।

 

आलुको सेवनले पाचन प्रक्रियामा सुधार, मुटुको स्वास्थ्य राम्रो बनाउने, कोलेस्टेरोलको स्तर कम गर्ने, रगतमा सुगर लेभल नियन्त्रण गर्ने र क्यान्सरलाई रोक्न मद्धत मिल्छ ।

 

यस बाहेक आलुले रक्तचाप कम गर्छ, अनिन्द्रा हटाउँछ, प्रतिरक्षा प्रणालीलाई मजबुत गर्छ र उमेर बढ्दै गएको देखिने संकेत कम गर्छ, तरल सन्तुलन बनाइराख्छ ,छालाको रक्षा गर्छ र आँखाको हेरविचारमा सहायता गर्छ ।

 

आलूमा सबै महत्वपूर्ण पोषक तत्वहरु हुन्छन् । आज हामी तपाईंलाई आफ्नो खानामा आलुलाई किन समावेश गर्ने भनेर भन्न गइरहेका छौं । चिकित्सकहरुले पनि हरेक व्यक्तिले दैनिक कम्तीमा पनि १ आलुको सेवन गर्नुपर्ने सल्लाह दिन्छन् ।

यी हुन आलु खानुका फाइदा

१. रक्तचाप

रक्तचाप नियन्त्रणमा राख्नको लागि कम सोडियम आहार आवश्यक छ तर पोटेसियमको उच्च मात्रा पनि समान रुपले महत्वपूर्ण हुन्छ । पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँछ । पोषक तत्व जस्तै क्याल्सियम र म्याग्निसियम सबै आलुमा पाइन्छ । यसले स्वभाविक रुपले रक्तचापलाई नियन्त्रित गर्नमा मद्धत गर्छ ।

२. क्यान्सरबाट बचाउँछ

आलुमा फोलेट हुन्छ । डिएनएको संश्लेषण र मर्ममा फोलेटले एक महत्वपूर्ण भूमिका निभाउँछ । यसले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तको कारण बनाउनबाट रोक्छ ।

फल र सब्जीहरुका सथौ आलुपनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्छ । आलुमा पाइने भिटामिन ‘सी’ र कार्से्न्टिन एन्टि अक्सिडेन्टले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।

३. मुटुको स्वास्थ्य

आलूमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ । आलुमा फाइबरको महत्वपूर्ण मात्रा रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ । आधारमा कार्डियो भास्कुलर बिरामीहरुको खतरा लगभग बराबर हुन्छ ।

४. मस्तिस्कको लागि फाइदाकारी

मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर गर्छ ।

आलुमा यो सबै तत्व पाइन्छ त्यसैले आलु मस्तिस्कको लागि पनि धेरै लाभकारी छ भन्दा फरक नपर्ला । आलुले मस्तिस्कलाई थाक्नबाट रोक्छ र तपाईंलाई हरेक समय सतर्क राख्छ ।

 

प्रतिकृया दिनुहोस

छक्का पञ्जा तीनको ट्रेलर रिलिज

  हास्य विधामा बनेको चलचित्र छक्का पञ्जा ३ को ट्रेलर रिलिज भएको छ । सँगै चलचित्र रिलिज घोषणा समेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते

कुनै बेला काठमाडौ‌ंमा टिक्न नसकेर झापा फर्किएका थिए धुर्मुस

 असोज ४, काठमाण्डौँ । सिताराम कट्टेल ९धुर्मुस०को आज जन्मदिन परेको छ । लामो समयदेखि उनी कलाकरिता क्षेत्रमा लागिपरेका छन् । कलाकारिता क्षेत्रसँगै

‘धूम ३’ लाई सेन्सर बोर्डले दियो पिजी सर्टि्सिकेट

असोज २ काठमाडौं – नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको चलचित्र ‘धूम ३’ ले पिजी सर्टि्फिकेट पाएको छ । आउँदो