• बुधबार-१-१२-२०८१/ 24-Wednesday-2024
  • 10:46:48

कुनै बेला काठमाडौ‌ंमा टिक्न नसकेर झापा फर्किएका थिए धुर्मुस


 असोज ४, काठमाण्डौँ ।
सिताराम कट्टेल ९धुर्मुस०को आज जन्मदिन परेको छ । लामो समयदेखि उनी कलाकरिता क्षेत्रमा लागिपरेका छन् ।

कलाकारिता क्षेत्रसँगै उनी २०७२ सालको भूकम्पपश्चात  भने श्रीमती कुञ्जना समेतलाई साथमा लिएर समाजसेवामा लागेका छन् ।  यसका लागि उनले धुर्मुस सुन्तली फाउन्डेसनको स्थापना नै गरेका छन् । र उनीहरुको विश्वसनीयताका आधारमै देश तथा विदेशमा रहेका नेपालीले आफ्नो योगदान दिँदै आएका छन् ।

सीताराम कट्टेल ९धुर्मुस०सोलुखुम्बु जिल्लाको तत्कालीन नेचा बेतघारी गा।वि।स।मा जन्मिएका हुन् । बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रुपमा वि।सं २०४० साल असोज ४ गते उनको जन्म भएको थियो । उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो ।

माध्यमिक तहसम्मको अध्ययन भने सीताराम कट्टेलले झापाको गौरादहमा पूरा गरेका थिए ।

निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले बाल्यकालदेखि नै आर्थिक अभाव भोगेर हुर्किएका थिए । कापीकलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउँथे । खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई समेत अघि बढाएका उनी अध्ययनका क्षेत्रमा समेत कृयाशील भएर लाग्ने गर्थे  ।

पढाईमा तेजिलो भएकै कारण पनि सीतारामले एसएलसी प्रथम श्रेणीमा पास गरेका थिए । उच्च शिक्षाका लागि भने उनी बुवाले ऋण गरेर जुटाएको १७ सय रुपैयाँ गोजीमा राखेर काठमाडौं आएका थिए ।

तर बुवाले ऋण खोजेर दिएको पैसा कोठा खोज्दा, र कोठाका निम्ति सामान जुटाउँदा नै सकियो । त्यसपछि उनले चित्र बनाउनेदेखि भाँडा बेच्ने कामसम्म गरेका थिए । यस्ता विभिन्न काम गरेर जम्मा गरेको पैसाले रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भए । साथीहरुलाई जोक र क्यारिकेचर गरेर हँसाएको भरमा समेत थुप्रै छाक टारेका थिए उनले ।


उनी पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने भने गरिरहन्थे । उनलाई बेला बेलामा साथीहरुले कलाकार बन्न अभिप्रेरित गरिरहन्थे । साथीहरुले गरेको त्यो अनुरोध नै कलाकारिता क्षेत्रमा लाग्न प्रेरणाको श्रोत बन्यो त्यसैबीचमा केही समयपछि उनलाई कलाकार बन्ने भूत चढ्यो ।

त्यसपछि उनी हाँस्यकलाकार खेम शर्मासँगै बस्न थाले । खेम शर्मासँगै हिँड्न थालेपछि चिनजानसमेत बढ्दै गयो । तर, गतिलो अवसर भने पाउन सकेका थिएनन् । अन्त त उनी हार मान्दै झापा फर्किए ।

काठमाडौंदेखि हार मानेर झापा फर्किएका सीताराम झापामा अडिएर रहन भने सकेनन् । फेरि संघर्षसँग जुध्ने निर्णय गरी फेरि राजधानी नै फर्किएर आए । त्यसपछि फेरि संघर्ष गर्न थाले । त्यसको केही समयपछि भने उनले सन्तोष पन्तको टेलिचलचित्र ‘हिजो आजका कुरा’ मा छोटो संवाद बोल्ने मौका पाए ।

औपचारिक रुपमा भने हाँस्यकलाकार जितु नेपालले उनलाई कलाकारिता क्षेत्रमा प्रवेश गराए । गीताञ्जली टेलिचलचित्रमा अभिनय गर्ने मौका जुरेसँगै उनको भेट केदार घिमिरे ९माग्ने बुढा० सँग हुन पुग्यो ।

त्यसपछि भने धुर्मुस र माग्ने बुढाको जोडीलाई दर्शकले राम्रैसँग रुचाउन थाले । गीताञ्जलीमा अभिनय गर्दागर्दै उनले दीपकराज गिरीसँगको चिनजानका कारण तितो सत्यको १४ भागसम्म अभिनय गर्ने अवसर प्राप्त गरे । पछि केदार घिमीरेसँगको सहकार्यमा मेरी बास्यै हाँस्य टेलिश्रृंखला निर्माण गर्न सुरु गरे ।

मेरी बास्सैमा सीतारामले अभिनय गरेको धुर्मुस पात्रले निकै चर्चा कमाउन सफल भयो । र सीतारामलाई दर्शकले बिर्सिदिए तर उनै सीतारामको धुर्मुस क्यारेक्टर भाने सबैको मन मस्तिष्कमा बस्न सफल भयो ।

मेरी बास्सैमा उनले धुर्मुसको मात्र नभएर खडानन्द, नक्कली केपी ओली,खड्काजी, मुस्कान पासा, आइतेलगायत धेरै भूमिको निर्वाह गरेका थिए । एउटै टेलिश्रृङ्खलामा सबैभन्दा धेरै भूमिकामा देखिएका कलाकार हुन् सीताराम कट्टेल ।

मेरी बास्सै निर्माण तथा अभिनयकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे९सुन्तली०सँग विवाह गरे । अहिले उनीहरुको एक छोरी समेत रहेकी छिन् । छ एकान छ, वडा नम्बर ६ लगायतमा सफल चलचित्रहरुमा समेत उनले अभिनय गर्नुका साथै लगानी समेत गरेका थिए ।

वैशाख १२ को गोरखा भूकम्पपश्चात धुर्मुस सुन्तलीको जोडी सामाजिक काममा अत्यन्तै सक्रिय भएर लागि परेका छन् । भूकम्पपश्चात यो जोडीको सक्रियतामा काभ्रे, महोत्तरीलगायतका स्थानहरुमा एकीकृत बस्तीको समेत निर्माण सम्पन्न गरिसकेका छन् । धुर्मु सुन्तली एकीकृत नमुना बस्ती नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाउनुको साथै धेरैबाट आर्थिक सहयोग समेत जुटेको  छ ।

यस्तै, भूकम्प प्रभावितलाई कपडा बाँड्नुका साथै महोत्तरीको बर्दिबासमा रहेको मुसहर बस्तीमा राहत बाँडेका थिए ।

यो सामाजिक कामलाई अझै सक्रिय रुपमा अगाडि बढाउन उनीहरुले वि।सं २०७२ सालमा धुर्मुस सुन्तली फाउण्डेशन स्थापना गरेका थिए । त्यही फाउण्डेशनमा  देश तथा विदेशमा रहेका नेपालीहरुले खुलेर आर्थिक सहयोग गरिरहेका छन् । भर्खरै काठमाडौंको वीर अस्पतालको रङरोगन गर्ने कार्य समेत सम्पन्न गरिसकेका छन् ।

अहिले भने उनी क्रिकेट रंगशाला निर्माण गर्नका निम्ति अग्रसर भएर लागि परेका छन् । अबको केही समयपश्चात धुर्मुस चलचित्र निर्माणमा समेत लाग्ने तयारी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

छक्का पञ्जा तीनको ट्रेलर रिलिज

  हास्य विधामा बनेको चलचित्र छक्का पञ्जा ३ को ट्रेलर रिलिज भएको छ । सँगै चलचित्र रिलिज घोषणा समेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते

नियमित आलु खानुहुन्छ ? यस्ता छन् फाईदा

सल्यान ४, असोज । आलु मन नपराउने मानिस कमै होलान् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई

‘धूम ३’ लाई सेन्सर बोर्डले दियो पिजी सर्टि्सिकेट

असोज २ काठमाडौं – नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको चलचित्र ‘धूम ३’ ले पिजी सर्टि्फिकेट पाएको छ । आउँदो