• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 10:24:18

कसरी लेख्ने गद्य शैलीमा कविता



सल्यान ४, असोज ।
कविता एउटा भाव विचार प्रदान गर्ने एउटा कलात्मक माध्यम हो । कविता समाजले दिन्छ । समाजको चरित्र, परिभाषा, परिधिले कविता लेख्न उत्प्रेरित गर्छ र कविताको विषयवस्तु बन्ने गर्छ ।जब मानिसले समाजलाई बुझ्छ र समाजलाई नै बुझाउन खोज्छ भने त्यति बेला कविता माध्यमको रुपमा आउँछ ।

समाज र समाजको चरित्रलाई बुझेपछि उनीहरुलाई नै बुझाउनका लागि अक्षरहरु, शब्दहरु, वाक्यहरु, विम्व–प्रतिविम्बहरु राखेर भाव, विचारहरु प्रकट गर्नका निम्ति कविता लेखिन्छ ।

कविता कसरी लेख्ने र ?
विचारलाई अभिव्यक्त गर्नका लागि कविता लेखिन्छ । त्यसका लागि गद्य र पद्यलाई अपनाइन्छ । पद्य भनेको अनुप्रास, छन्द मिलाएर लेखिने कविता पद्य हो । अनुप्रास र छन्दबिनाको कविता गद्य कविता हो ।


गद्य शैलीमा कविता लेखन
सबैभन्दा पहिला विषयवस्तु चयन गर्नुपर्छ । विषयवस्तुहरुका लागि आवश्यक पर्ने शब्दहरु खोजी गर्ने अनि विम्ब प्रतिविम्बहरु सुहाउँदो रुपमा राख्ने वा सजाउने गर्नुपर्छ ।पद्य शैलीमा छन्द, अनुप्रास र अक्षरहरु गनेर वा पंक्ति मिलाएर लेख्नुपर्छ भने गद्यमा त्यस्तो नियम हँुदैन ।
तपाई आफूले आफ्ना भावना, विचारहरु बिम्वात्मक रुपमा प्रस्तुत गर्न सक्नुहुन्छ ।

जस्तैः तेरा दाइभाइहरु सगरमाथा चढिसके तँ
कति दिनसम्म नाम्चे बजार बस्छस्

बिम्व प्रतिविम्ब के हो र?
यो कवितालाई सुन्दर बनाउने एउटा गतिलो तरिका हो । यसले सिधै भन्दैन तर बुझ्ने शैलीमा प्रकट हुन्छ । जस्तैः आँशुका लौराहरु टेकेर, सपनाका सगरमाथा चढ्छन् ।


कविताका विषयवस्तु :
कविता आफैमा विषयवस्तु होइन । यसले विषय वस्तुको खोजी गर्छ । विषयवस्तु हामै्र समाजमा हुन्छन् । जस्तैः सामाजिक गतिविधिहरु, समाजमा घटेका नकारात्मक घटनाहरु, समाजले बेहोरेका असमान व्यवहारहरु, विभिन्न किसिमका कुरीति, कु–संस्कारहरु, सफलताका कथाहरु, पीडाबोधहरु आदि ।

कविताले के दिन्छ ?

यसले कविलाई सुखानुभूति दिन्छ र समाजलाई सकारात्मक सन्देश दिन्छ । समाजमा घटेका विभिन्न किसिमका घटनाहरुलाई, परिवेशहरुलाई कलात्मक तरिकाले सूचना दिन्छ ।

कविताको बजार के छ ?
जीवनमा एकपटक सबैले कविता लेख्छन् । तर त्यसले सधंै निरन्तरता पाउँदैन । जसले निरन्तरता दिन्छ ऊ कवि बन्न सक्छ ।
कविता बजारमा जान्छ तर बजारले कविता चिन्दैन, कारण आम नागरिकको आवश्यकता कविताले पूरा गर्न सक्दैन । धेरै लेखिने विधा कविता हो । तर कम बिक्री हुने पनि कविता नै हो ।अहिले बजारमा कविताको मूल्य कम छ, अर्थात कवितालाई धेरैले बुझ्दैनन् । कारण कविले कविता मात्र लेखे तर भाव र विचार दिन सकेनन् ।

 

प्रतिकृया दिनुहोस

'विकासका पूर्वाधारहरू खडा गरेका छौँ' -अध्यक्ष केसी

कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको दार्मा गाउँपालिका प्राकृतिक हिसाबले निकै रमणीय गाउँपालिका हो । प्राकृतिक रूपमा भरिपूर्ण यो गाउँपालिका

पर्यटन प्रवर्धन पहिलो प्राथामिकता : सुरेश अधिकारी

  सल्यान जिल्लाकै पहिलो नगरपालिका शारदा नगरपालिकाले पर्यटन प्रवर्धनका क्षेत्रमा राम्रो कामको सुरुआत गरेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय

'निर्माण व्यवसायीको हकहितका लागी विद्यमान नितीगत व्यवस्थामा परिवर्तन हुनुपर्छ'

सल्यान ३०, असोज । डिल्ली के.सी. नेपाल निर्माण ब्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव हुन् । सल्यान शारदा नगरपालिका १ श्रीनगर घर भएका केसी २०६४ मा