• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 04:47:58

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्


बुद्धि पुन, समाचार डेस्क,
सल्यान ५, असोज ।
सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने बिरामीहरुको चाप बढ्दै गएपनि दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको हो । आजभोली जिल्ला अस्पतालमा उपचारका लागी दैनिक १५० देखी २०० जना बिरामीहरु आउने गर्दछन् ।


तर पनि अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । १५ शैयाको जिल्ला अस्पतालले अहिले ३७ शैयामा बिस्तार गरेर सेवा प्रदान गर्दै आएको छ । कार्यालय सहयोगी सहित ३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा अहिले १४ जना मात्रै कार्यरत रहेको कार्यालय प्रमुख डा. अर्जुन बुढा मगरले बताउनुभयो ।


उहाँले बिगतका दिनमा अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी भएपनि समायोजन भएर जाँदा समस्या भएको बताउनुभयो । ‘अस्पतालमा करिब—करिब दरबन्दी अनुसारका नै कर्मचारी थिए, तर समायोजन भएर अहिले सबै गैसकेका छन्, दरबन्दी अनुसार ४ जना डाक्टर हुनुपर्ने अस्पतालमा १ जना मात्रै हुदा समस्या भएको छ’— उहाले भन्नुभयो ।


उहाँले बिरामीको चाप बढेसँगै २२ शैया थपेर ३७ शैयाबाट सेवा प्रदान गरेको बताउनुभयो । ‘अस्पताल १५ शैयाको हो, तर बिरामीको चापले ३७ शैया बनाएर सञ्चालन गरेका छौँ, कर्मचारी समायोजन भएर गए, तर समायोजन भएर यहाँ कोही पनि आएनन्, यसले गर्दा समस्या भएको छ’— उहाँले भन्नुभयो । उहाँले ओपिडि हेर्ने ४ जना डाक्टर हुनुपर्नेमा १ जना मात्रै हुदाँ समस्या भएको बताउनुभयो ।


प्रमुख डा. बुढा मगरले स्वास्थ्य सेवा बिभागको बेवास्ताका कारण समस्या भएको बताउनुभयो । अहिले अप्रेशन, डेलिभरी, ईमरजिन्सी, प्लाष्टर लगाएतका काम एक्लै गर्दा झन् समस्या भएको उहाँको भनाई छ । ‘कर्मचारी नहुदाँ समस्या भएको बिषयमा मैले स्वास्थ्य सेवा बिभागमा बेला बेलामा जानकारी गराउदैँ आएको छु’ उहाँले भन्नुभयो —‘स्वास्थ्य सेवा बिभागले समयमा नै अस्पातालमा दरबन्दी अनुसारका कर्मचारी नपठाउने हो भने आगामी दिनमा झन् समस्या हुने छ ।’


अस्पतालमा छात्रबृद्धि करारमा १ जना र एनएसआई बाट १ जना डाक्टरले काम गरिरहेकाले केही राहत मिलेको उहाँको भनाई छ । पछिल्लो समय जिल्ला अस्पतालको भौतिक संरचनामा सुधार सँगै अस्पतालबाट प्रदान गरिने सेवा पनि स्तरीय बन्दै गएको छ । कर्णाली प्रदेशको नमुना ल्याव जिल्ला अस्पतालमा रहेको छ भने दन्त सेवा पनि शुरु गरिएको छ ।


जिल्ला अस्पतालमा रुकुम, रोल्पाका जनता सेवा लिन आउने गर्छन । हिजोआज अस्पतालमै पुगेर सेवा लिनुपर्छ भन्ने मानसिकताको विकास भइरहेका बेला विशेषज्ञ डाक्टरबाट सेवा सुविधा नपाउँदा अन्यत्र भौँतारिनु पर्ने बिरामीको बाध्यता छ ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

३४ वर्ष पछि सल्यान जिल्ला अस्पतालमा दन्त सेवा शुरु

बुद्धि पुन, समाचार डेस्क, सल्यान २ असोज । सल्यान जिल्ला अस्पतालले दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा पहिलो पटक दन्त सेवा