• सोमबार-१०-७-२०७५/ 21-Monday-2019
  • 06:56:56

आफन्तले वास्ता नगरेपछि दाङका १० बालक भागेर सल्यान आए


सल्यान २८, मंसिर ।
सल्यानमा एक बेबारिसे बालक भेटिएका छन् । जिल्लाको श्रीनगरमा बेबारिसे अबस्थामा भेटिएका ती बालकको प्रहरीले उद्धार गरे पछि अल्पकालीन सुरक्षित आवास गृहमा राखिएको छ । पश्चिम दाङको गोकुलडाँडा घर बताउने अन्दाजी १० बर्षिय बालक केही दिन अघि सल्यान श्रीनगरमा भेटिएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय सितलपाटीले उद्धार गरेको थियो ।


ती बालकलाई बिहीबार प्रहरीले मानवअधिकार वकालत केन्द्र (रेस) नेपाल सल्यानद्धारा सञ्चालित सुरक्षित आवास गृहमा पठाएको छ । ती बालकलाई अहिले सुरक्षित तरिकाले आवास गृहमा राखेको रेस सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले बताउनुभयो । ‘यी बालकले केही बर्ष अघि बुवा ईन्डिया गएको, आमा दोस्रो बिबाह गरेर गएको र घरमा हेरचार गर्ने अभिभावकहरु कोही नभएकाले आफु घर छोडेर हिडेको बताएकाछन्’—उहाँले भन्नु भयो ।


ती बालकले आफुले ३ कक्षा पढेर छोडेका बताएका छन् । रेस सल्यानका अध्यक्ष रेग्मीले बालकको संरक्षण र उचित ब्यबस्थापनको लागी केन्द्र, प्रदेश र स्थानिय सरकारहरुका साथै बिभिन्न साझेदारी निकायहरुसँग छलफल गर्ने बताउनुभयो । संकटापन्न अवस्थामा रहेका महिला, बालबालिका, जेष्ठनागरिक तथा अपांगता भएका व्यक्तिहरूका लागि अल्पकालीन सुरक्षित आवास गृह स्थापना गरिएको थियो ।


सुरक्षित आवास गृहमा संकटापन्न अवस्थामा रहेका व्यक्तिलाई निःशुल्क रूपमा खाना बस्न र काउन्सिलिङको व्यवस्था गरिन्छ ।

 

प्रतिकृया दिनुहोस

सिद्धकुमाखमा महिलाहरुलाई आयआर्जनमुलक तालिम प्रदान गरिदैँ

बुद्धि पुन, रेडियो राप्ती सल्यान ५, माघ । सल्यानको सिद्धकुमाख गाउपालिकाले महिलाहरुलाई आयआर्जन मुलक कामहरुमा लाग्न प्रेरित गर्न थालेको छ । महिलालाई

बिहेको निम्तो दिन जाँदा हतौडाले हानेर हत्या गर्ने पक्राउ

रेडियो राप्ती, समाचार डेस्क सल्यान ४, माघ । सल्यानमा बिहेको निम्तो दिन गएका एक ब्यक्तिको मृत्यू भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर २

सल्यानमा अबैध घरेलु मदिरा बरामद पछि नष्ट

रेडियो राप्ती, समाचार डेस्क सल्यान २८, पुस । सल्यान प्रहरीले शनीबार अबैध घरेदु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर १,

स्थानिय