• शनिबार-८-२९-२०७५/ 15-Saturday-2018
  • 09:49:56

साथी सेटल भएछ

आस्थाका झिटिझाम्टा बोकेर गाउँ पसेथ्यो ऊ

गाउँको महान सपना बोकेर उकालो चढेथ्यो ऊ

समयकाल नबित्दै सपना थाँति राखेर

फेरि उहीँ सहरमा साथी सेटल भएछ ।

 

भेरीका किनारै किनार रातविरात हिडेथ्यो ऊ

थबाङ र मैकोटका बस्तीहरूमा हिउँसँग चिप्लेटी खेलेथ्यो ऊ

पिली र कोटवाडाका चौरहरूमा गुलेली खेलेथ्यो ऊ

दुनैका गाउँहरूमा रङ्गेली खेलेथ्यो ऊ

आज बोकेर मिठा सपनाहरू फर्केछ ऊ,

फेरि उहीँ सहरमा साथी सेटल भएछ ।

 

गाउँको हर्कबहादुर, बीरबहादुर र मानबहादुर

मनकुमारी, सुन्तली र रुपमतीलाई साथमा लिएर हिडेथ्पो ऊ

जिम्वाल मुखिया र तालुकदारका खलियानबाट धान उठाएर

रित्ता पेट, ठुइला र भकारी भर्ने सयना बोकेर

जसको जोत उसको पोतको नारा बोकेर

हिडाएथ्यो हर्के साइलालाई पनि

छोडेर बाटोमै स्कुले नानीहरूलाई

बोकेर पुरानै  मिठा सपनाहरू

साथी उहीँ सहरमा सेटल भएछ ।

 

रित्तिएका काखहरूमा अभावको आगो बालेर

खाली सिउँदो र पेटहरूमा आक्रोसका ज्वाला दन्काएर

भत्केका घर र बस्तीहरूमा पीडाको ज्वारभाटा  उठाएर

फेरि उहीँ पुरानै बाटो साथी सहर पसेछ

बोकेर मिठा सपनाहरू

साथी उहीँ सहरमा सेटल भएछ ।

प्रतिकृया दिनुहोस

'समृद्ध कर्णालीको लागी पूर्बाधार बिकास आबश्यक'

धिरज भण्डारी प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रर्यटन बर्ष २०१८ सुरु गदैँ मुगुको राराबाट भन्नुभयो—‘सुख नेपाली समृद्धि नेपाल’ निर्माण गर्न

स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- 'सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा'

सल्यान १६, असोज । विभिन्न तत्वहरूको मिलनबाट हाम्रो शरीरको निर्माण भएको हुन्छ । हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि पनि विभिन्न तत्वहरूको आवश्यकता

ब्रोइलर पालन ‘जुवाको खेती’ स् किसानले नै बेहोर्नुपर्ने सबै क्षति १

  विश्व पोल्ट्री बजारमा छिमेकी देश भारत र चीनको भूमिका निकै दरिलो छ । नेपाल पनि यो व्यवसायमा आत्मनिर्भर नजिक पुगेको छ । पोल्ट्रीका लागि आवश्यक

स्थानिय