• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 06:49:25

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो


रेडियो राप्ती, समाचार डेस्क,
सल्यान ३०, बैशाख ।
सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक बिद्यालय ढोरचौरले जितेको छ । बैशाख २७ गतेदेखी जारी प्रतियोगितामा ८ स्वर्ण, ३ रजत, ४ कास्य सहित निराजन माद्यामिक बिद्यालय ढोरचौर प्रथम भएको हो । यस्तै ४ स्वर्ण, ५ रजत, २ कास्य सहित देउराली माद्यामिक बिद्यालय कुयाँझोल द्धितिय भएको छ भने ३ स्वर्ण ५ रजत २ कास्य सहित नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय बडाकाँडा तृतिय भएको छ ।


प्रतियोगितामा सिद्ध माद्यामिक बिद्यालय भँडारेले ३ स्वर्ण ३ रजत ४ कास्य जितेको छ भने  महेन्द्र आदर्श माद्यामिक बिद्यालय बाँझकाँडाले २ रजत ६ कास्य जितेको छ । प्रतियोगितामा भलिबल खेलाडी छात्रतर्फ निराजन माद्यामिक बिद्यालय ढोरचौरका रोशन बिक र छात्रातर्फ देउरली माद्यामिक बिद्यालय कुयाँझोलका गंगा चलाउने उत्कृष्ट घोषित हुनु भएको छ ।


‘स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सिद्धकुमाख गाउँपालिकाको आयोजनामा ढोरचौरमा भएको प्रतियोगिताको साँस्कृतिक प्रस्तुती सहित समापन गरिएको थियो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पाकुमारी बोहरा, खेलकुद संयोजक रूद्र बहादुर बुढाथोकीले बोल्नु भएको थियो । प्रतियोगिता समापनको अबशरमा साँस्कृतिक झाँक्री, सोरठी, पैसरी, मयुर, सिंगारू, टप्पा, पञ्चेबाजा नाँच प्रस्तुत गरिएको थियो ।

यस्तो छ खेलकुदको नतिजा
छात्र भलिबल प्रतियोगिता
प्रथम : निराजन मा वि ढोरचौर सल्यान
दोस्रो : देउराली मा वि कूयाँझोल सल्यान
तेस्रो : नेपाल राष्ट्रिय मा वि बडाकाँडा
....................................
छात्रा भलिबल अन्तर्गत
प्रथम : देउराली मा वि कूयाँझोल सल्यान
दोस्रो : महेन्द्र आदर्श मा वि बाझकाँडा
तेसो : सिद्ध मा वि भँडारे
............................................................
छात्र कपर्दी प्रतियोगिता
प्रथम : निराजन मा वि ढोरचौर सल्यान
दोस्रो : देउराली मा वि कूयाँझोल सल्यान
तेस्रो : सिद्ध मा वि भँडारे
....................................
छात्रा कपर्दी अन्तर्गत
प्रथम : निराजन मा वि ढोरचौर सल्यान
दोस्रो : सिद्ध मा वि भँडारे
तेसो : देउराली मा वि कूयाँझोल सल्यान

............................................................
दौड ४०० मिटर छात्र
प्रथम : अर्जुन वली निराजन मा वि ढोरचौर
दोस्रो : झक्कु बस्नेत सिद्ध मा वि भँडारे
तेस्रो : रत्न बहादुर रोका नेपाल राष्ट्रिय मा वि बडाकाँडा
.........................................
दौड ४०० मिटर छात्रा
प्रथम : सृजना विष्ट निराजन मा वि ढोरचौर
दोस्रो : माया बोहरा नेपाल राष्ट्रिय मा वि बडाकाँडा
तेस्रो : गंगा चलाउने देउराली मा वि कुयाँझोल
.........................................
दौड २०० मिटर छात्र
प्रथम : झक्कु बस्नेत सिद्ध मा वि भँडारे
दोस्रो : रत्न बहादुर रोका नेपाल राष्टिय मा वि बडाकाँडा
तेस्रो : दिपक बोहरा निराजन मा वि ढोरचौर
.........................................
दौड २०० मिटर छात्रा
प्रथम : गंगा चलाउने देउराली मा वि कुयाँझोल
दोस्रो : माया बोहरा नेपाल राष्टिय मा वि बडाकाँडा
तेस्रो : अनु गिरी निराजन मा वि ढोरचौर
..........................................
दौड १०० मिटर छात्र
प्रथम : झक्कु बस्नेत सिद्ध मा वि भँडारे
दोस्रो : रत्न बहादुर रोका नेपाल राष्टिय मा वि बडाकाँडा
तेस्रो :.कैलाश बुढाथोकी निराजन मा वि ढोरचौर
........................................
दौड १०० मिटर छात्रा
प्रथम : अनु गिरी निराजन मा वि ढोरचौर
दोस्रो : माया बोहरा नेपाल राष्टिय मा वि बडाकाँडा
तेस्रो : छायाँ चलाउने सिद्ध मा वि भँडारे
.........................................
ट्रिपलजम्प छात्र
प्रथम : अनिल चलाउने सिद्ध मा वि भँडारे
दोस्रो : यमराज चन्द निराजन मा वि ढोरचौर
तेस्रो : रोशन चन्द महेन्द्र आदर्श मा वि बाँझकाँडा
.........................................

ट्रिपलजम्प छात्रा
प्रथम : गंगा चलाउने देउराली मा वि कुयाँझोल
दोस्रो : नुमा बोहरा निराजन मा वि ढोरचौर
तेस्रो : प्रिती घर्ती महेन्द्र आदर्श मा वि बाँझकाँडा
.........................................
हाईजम्प छात्र
प्रथम : प्रदिप योगी निराजन मा वि ढोरचौर
दोस्रो : निमलाल चलाउने देउराली मा वि कुयाँझोल
तेस्रो : हरि बुढाथोकी सिद्ध मा वि भँडारे
.........................................
हाईजम्प छात्रा
प्रथम : पुष्पा बस्नेत नेपाल राष्ट्रिय मा वि बडाकाँडा
दोस्रो : सरीता रोका देउराली मा वि कुयाँझोल
तेस्रो : बिमला बुढाथोकी महेन्द्र आदर्श मा वि बाँझकाँडा
……………………………………..
लङ्गजम्प छात्र
प्रथम : नवराज वि क निराजन मा वि
दोस्रो : अनिल चलाउने सिद्ध मा वि भँडारे
तेस्रो : रोशन शाह महेन्द्र आदर्श मा वि बाँझकाँडा
…………………………………….
लङ्गजम्प छात्रा
प्रथम : पुष्पा बस्नेत नेपाल राष्ट्रिय मा वि बडाकाँडा
दोस्रो : सीमा चलाउने देउराली मा वि कुयाँझोल
तेस्रो : प्रिती घर्ती महेन्द्र आदर्श मा वि बाँझकाँडा
…………………………………….
सटपुट छात्र
प्रथम : गणेश बि क नेपाल राष्ट्रिय मा वि बडाकाँडा
दोस्रो : नारायण बुढाथोकी निराजन मा वि
तेस्रो : सन्तोष बुढाथोकी महेन्द्र आदर्श मा वि बाँझकाँडा
…………………………………….
सटपुट छात्रा
प्रथम : सीमा चलाउने देउराली मा वि कुयाँझोल
दोस्रो : बिमला बुढाथोकी महेन्द्र आदर्श मा वि बाँझकाँडा
तेस्रो : रुमा रोका निराजन मा वि ढोरचौर

प्रतिकृया दिनुहोस

सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ९ असोज । सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको

प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु

रेडियो राप्ती, समाचार डेस्क, सल्यान २, जेठ । प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको

आठौ राष्ट्रिय खेलकुदमा सल्यानका १ सय ८४ जना खेलाडीहरुले सहभागिता जनाउने

रेडियो राप्ती, समाचार डेस्क सल्यान १८, पुस । आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सल्यानका १ सय ८४ जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । माघको