• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 01:05:40

प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु


रेडियो राप्ती, समाचार डेस्क,
सल्यान २, जेठ ।
प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको आयोजनामा बागचौर नगरपालिकाको थारमारेमा प्रथम मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको हो ।

‘प्रथम मेयर कप बागचौर नगरको सान, स्वस्थ जीवन र खेलकुद प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ शुरु भएको खेलकुद प्रतियोगिताको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम् प्रदेश सभा सदस्य गुलाव जंग शाहले उद्घाटन गर्नु भएको हो ।


उद्घाटन कार्यक्रममा बोल्दै उहाँले बजेट बिनियोजन गर्दा खेल क्षेत्रलाई प्राथामिकता दिन आग्रह गर्नु भएको छ । कार्यक्रममा बोल्दै बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले खेल क्षेत्रको बिकासको लागी नगरपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रमा बिभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नगरपालिका भित्रका सबै वडाका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिवल, फुटबल, कपर्डी, एथ्लेटिक्स लगाएतका बिभिन्न बिधामा खेल भैरहेको छ ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ९ असोज । सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ३०, बैशाख । सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक

आठौ राष्ट्रिय खेलकुदमा सल्यानका १ सय ८४ जना खेलाडीहरुले सहभागिता जनाउने

रेडियो राप्ती, समाचार डेस्क सल्यान १८, पुस । आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सल्यानका १ सय ८४ जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । माघको