• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 02:16:35

‘बैँक तथा बित्तिय संस्थाहरुले सहुलियतमा कर्जा दिन मान्दैनन्’


रेडियो राप्ती, समाचार डेस्क,
सल्यान ७ असोज ।
बैँक तथा बित्तिय संस्थाहरुले सहुलियतमा कर्जा दिन आनाकानी गर्ने गरेको सल्यानमा गुणासो आएको छ । कुनै पनि ब्यक्तिले ब्यबसाय सञ्चालन गर्न ईच्छुक भएर बैँक तथा बित्तिय संस्थाहरुमा कर्जा लिन गएमा बिभिन्न बहानामा आलटाल तथा कर्जा नै नदिने गरेको गुणासो आएको हो ।


जिल्लाको छत्रेश्वरी गाउपालिकाका किसान लोकराज भण्डारीले कर्जा लिएर ब्यबसायलाई बृद्धि गर्दै लैजाने सोच हुदाहुदैँ पनि बैँक तथा बित्तिय संस्थाबाट सहुलियतमा कर्जा नपाएको गुणासो गर्नुभयो । ‘मैले अहिले पनि ब्यबसाय सञ्चालन गरिरहेको छु, ब्यबसायलाई बढाउदैँ लैजाने सोच अनुरुप बैँकहरुमा सहुलियत कर्जाको लागी माग गरे तर पनि पाएन’— उहाँले भन्नुभयो ।


पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत बित्तिय संस्थाको आन्तरिक सुशासन बिषयक सोमबार खलंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले घरजग्गालाई मात्रै आधार मानेर भन्दा पनि ब्यबसाय हेरेर कर्जा उपलब्ध गराउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो —‘सडकको पुहँच नपुगेको, घरजग्गाको मूल्य कम भएको लगाएतका बिभिन्न बहाना बनाएर कर्जा दिन मान्दैनन्, दिए पनि आबश्यकता भन्दा कम दिने गर्छन्, यसले गर्दा ब्यबसायलाई बढाउदैँ लैजान समस्या भएको छ ।’


यस्तै स्थानिय यज्ञ कुमार बिकले राजनितिक, आर्थिक तथा पहुँचका आधारमा मात्रै बैँक तथा बित्तिय संस्थाहरुले कर्जा उपलब्ध गराउने गरेको बताउनुभयो । उहाँले सल्यानका जनताले गरेको बचत सल्यानमा नै लगानी गर्ने खालको बाताबरण सिर्जना गर्न सुझाव दिनुभयो ।


सहुलिय कर्जा किसान सँगै अन्य ब्यबसाय गर्नेहरुले माग गर्ने गरेपनि नितिगत समस्याका कारण उपलब्ध गराउन नसकेको नेपाल बैँकका प्रबन्धक हरिकृष्ण उपाध्ययले बताउनुभयो । कृषिमा बढी लगानी गरेको बताउदैँ उहाले आबश्यक बिधि, प्रक्रिया नपुगेर नै कर्जा माग गर्न आउनेहरुको संख्या धेरै भएकाले कर्जा उपलब्ध गराउन नसकिएको बताउनुभयो ।


‘जिल्लामा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने आबश्यकता छ, बिधि प्रक्रिया नपुगेको खण्डमा कर्जा पाईदैन्, हामीले हामीले हाम्रो बिधि मिचेर काम गर्न सक्दैनौँ’— उहाले भन्नुभयो । उहाले कुल फाईदाको केही प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्र्तगत खर्च गर्दै आएको बताउनुभयो ।


हरप्लेस नेपाल सल्यानका उपाध्यक्ष सुनिता बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले बैकिंङ्घ प्रणालीबाट कारोबार गर्नको लागी नागरिकलाई जागरुक बनाउन आबश्यक रहेको बताउनुभयो । उहाँँले यसको लागी बैँकहरुसँग सहकार्य गरेर बित्तिय साक्षरता कक्ष सञ्चालन गर्ने बताउनुभयो ।


परियोजना प्रमुख दिपेन्द्र शाहीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पत्रकार मीना बुढाथोकीले अबधारणा पत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार डिल्लीराज रावतले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष