• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 12:39:38

प्रबिधिमैत्री बन्दै सल्यान अस्पताल : इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु


बुद्धि पुन, रेडियो राप्ती
सल्यान ८ असोज ।
सल्यान जिल्ला अस्पताल प्रबिधिमैत्री बन्दै गएको छ । नेपाल कै पहिलो अस्पतालको रुपमा सल्यान जिल्ला अस्पतालमा नयाँ प्रबिधि जडान गरिएको हो । निक साइमन्स इन्स्टिच्यूटको सहयोगमा जिल्ला अस्पतालमा हुने कागजको प्रयोग घटाउदैँ प्रबिधियुक्त बनाउन थालिएको हो । बिगतका दिनहरुमा ओपिडी देखी लिएर हरेक कक्षहरुमा कागजको प्रयोग हुदैँ आएको थियो ।


तर अहिले करिब १ करोड रुपैँया बढीको लागतमा जिल्ला अस्पतालमा बिभिन्न प्रबिधि जडान गरिएको छ । स्वास्थ्य तथ्याङ्क गुणस्तरीय बनाउन, स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरे देखि उपचार हुँदा र बाहिरिँदा सम्मको अवस्थालाई सफ्टवेयरको सहयोगमा सुरक्षित राख्न र बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्मको प्रक्रियालाई जस्ताको त्यस्तै इन्ट्री गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको हो । मंगलबार निक साइमन्स इन्स्टिच्यूटका संस्थापक जिम साईमन्स र मरिलिन साईमन्सले संयुक्त रुपमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ को उद्घाटन गर्नुभएको छ ।


निक साइमन्स इन्स्टिच्यूट नामक एउटा नेपाली संस्था करिब ४० लाख रुपैँया र कोजेक नामक संस्थाको करिब ६० लाखको लागतमा जिल्ला अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्डको शुरुवात गरिएको निक साइमन्स इन्स्टिच्यूट कर्णालीका जर्नादन पाठकले बताउनुभयो । जिल्ला अस्पतालमा ५ जना डाक्टर, प्रत्येक बर्ष ३ देखी ५ लाख रुपैँयाको सामाग्री खरिद, यूएएम मेसिन खरिदमा पनि सहयोग गरेको उहाको भनाई छ ।


स्वास्थ्य संस्थाले रोगको वार्षिक ब्यबस्थापन योजना बनाउन, प्रत्येक रोगको स्वास्थ्य संस्थामा उपचार ब्यबस्थापन गर्न, आवश्यक मेसिन उपकरण औजारहरुको ब्यबस्थापन गर्न, र अस्पतालमा गरिएका सेवाहरुको मासिक प्रतिबेदन तयार गर्न  इएमआर निकै फलदायी हुने सल्यान जिल्ला अस्पतालका डा. प्रदिप शर्माले बताउनुभयो । एनएसआईले स्वास्थ्यकर्मीलाई तालिम तथा अस्पताललाई सहयोगको माध्यमबाट ग्रामीण स्वास्थ्यसेवामा रहेको समस्याहरु समाधानको उपायहरु पत्ता लगाई तिनीहरुको स्तरवृद्धिको लागि नेपाल सरकारसँग पैरवी गर्दै आएको छ ।


अस्पताल बिकास समितीका अध्यक्ष दामोदर शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै निक साइमन्स इन्स्टिच्यूटका संस्थापक जिम साईमन्स र मरिलिन साईमन्सले छोरा निक साईमन्सको सपनालाई पुरा गर्न आफुहरुले नेपालमा आएर स्वास्थ्य क्षेत्रमा लगानी गरेको बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्ट, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक रिता जैसी, एनएसआईका कार्यकारी निर्देशक डा. अनिल बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएतले बोल्नु भएको थियो । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष