प्रथम खुल्ला टेबुल टेनिस प्रतियोगिताको उपाधि सुदिप बस्नेतलाई
रेडियो राप्ती
सल्यान १५, मंसिर ।
प्रथम खुल्ला टेबुल टेनिस प्रतियोगिताको उपाधि सुदिप बस्नेतले जित्नुभएको छ । शुक्रबार र शनीबार गरेर दुई दिन सम्म सल्यान सदरमुकाम खलंगामा भएको टेबुल टेनिस प्रतियोगिताको उपाधि सुदिप बस्नेत बस्नेतले जित्नु भएको छ । जित सँगै उहाँले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।
यस्तै द्धितिय हुनु भएका स्माईल बुढाथोकीले दश हजार र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । यस्तै तृतिय हुन भएका सुरेन्द्र सेजवालले नगद पाँच हजार सहित प्रमाणपत्र प्राप्त गर्नु भएको छ । प्रतियोगिताका बिजयीहरुलाई शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले नगद सहित प्रमाणपत्र बितरण गर्नु भएको थियो ।
जिल्ला टेबुल टेनिस संघ सल्यानको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १३ जना खेलाडीहरुको सहभागिता रहेको जिल्ला टेबुल टेनिस संघ सल्यानका अध्यक्ष सन्तोष शाहले बताउनु भयो । यसैबिच आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी सल्यानबाट खेलाडी समेत छनोट गरिएको छ ।
सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने
रेडियो राप्ती, समाचार डेस्क, सल्यान ९ असोज । सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको
प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु
रेडियो राप्ती, समाचार डेस्क, सल्यान २, जेठ । प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको
प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो
रेडियो राप्ती, समाचार डेस्क, सल्यान ३०, बैशाख । सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक
प्रतिकृया दिनुहोस