• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 04:09:45

नेकपा कर्णालीको सह–इन्चार्ज बन्ने- को हुन् प्रकाश ज्वाला ?


समाचार डेस्क, रेडियो राप्ती,
सल्यान ३१, साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रकाश ज्वाला नेकपा कर्णाली प्रदेशको सह–इन्चार्ज बन्नु भएको छ । नेकपाको आज बालुवाटारमा सम्पन्न सचिबालय बैठकले नेकपाका नेता प्रकाश ज्वालालाई कर्णाली प्रदेश सह–इन्चार्जको जिम्मेबारी दिने निर्णय गरेको हो ।


सल्यान प्रदेशसभा ख बाट निर्बाचित नेता ज्वाला अहिले कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री हुुनुहुन्छ । बि.सं.२०२३ साल मंसीर १३ गते सल्यान जिल्लाको देवस्थलमा जन्मनु भएका नेता ज्वालाले कानूनमा स्नातक गर्नुभएको छ ।


उहाँ २०३९ सालको शिक्षक आन्दोलनबाट राजनीतिमा होमिनु भएको थियो । ज्वाला तत्कालिन नेकपा एमालेको जिल्ला कार्यालय सचिव, केन्द्रीय सदस्य, पार्टीको राप्ती अञ्चल ईन्चार्ज हुदैँ नेकपा एमालेको पोलिटब्युरो सदस्य बन्नु भएको थियो ।


२०५६ सालको संसदीय निर्वाचनमा सल्यान क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका ज्वाला २०७० सालको निर्बाचनमा सल्यान क्षेत्र नं. २ बाट निर्बाचित हुनु भएको थियो । अर्थ समितीका सभापती समेत बन्नुभएका ज्वाला नेकपाका लोकप्रिय नेता हुनुहुन्छ ।


यसैबिच सहईन्चार्ज ज्वालाले पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ पुरा गर्ने बताउनुभएको छ । रेडियो राप्ती एफ.एम.बाट प्रशारित आजको खबरमा कुराकानी गर्दै उहाँले पार्टीको सबै क्षेत्रलाई मिलाउदैँ, सहकार्य गर्दै पार्टीलाई मजबुद बनाउदैँ लैजाने अठोट ब्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का