• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 05:41:42

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

 

रेडियो राप्ती, समाचार डेस्क,
सल्यान ७ असोज ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली प्रदेश सरकारले यस बर्ष बिकास बजेट धेरै खर्च गर्ने दावी गर्नुभएको छ । बिगतको बर्षमा बिभिन्न ऐन कानुन निर्माण गर्नुपर्ने लगाएतका बिभिन्न कारणले बिकास बजेट कम खर्च भएको बताउदैँ उहाँले यस बर्ष उल्लेख्य मात्रामा बिकास बजेट खर्च हुने बताउनुभएको हो ।


सोमबार सल्यानको सदरमुकाम खलंगामा पत्रकारहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनु भएको हो । प्रदेश सरकारको लक्ष्य अनुसार नै यो बर्ष बिकास बजेट खर्च हुन्छ, सबै जिल्लाहरुमा प्रदेश मातहतका संरचनाहरु निर्माण भएका छन् यसले गर्दा प्रदेश सरकारलाई काम गर्न सजिलो हुन्छ उहाँले भन्नुभयो । उहाँले प्रदेशमा दरबन्दी अनुसारको कर्मचारी नहुदाँ समस्या भएको बताउनुभयो ।


प्रदेशमा कर्मचारी कम छन्, प्राबिधिक धार तर्फका कर्मचारीहरु करारमा भर्ना गरेर भएपनि बिकास निर्माणका कामहरु सञ्चालन गर्छौ उहाँले भन्नुभयो गत बर्षको भन्दा यो बर्ष पुजीँगत खर्च धेरै हुन्छ । उहाँले प्रदेश सरकारले पूर्बाधार बिकासलाई प्राथामिकता दिएको पनि बताउनुभयो ।


शर्माले कर्णाली प्रदेश समृद्ध कर्णाली निर्माणको अभियानमा लागेको बताउनुभयो । उहाँले कर्णालीमा रहेको बालबिबाह, कुरिती, कुसंस्कार आदीको न्यूनिकरणमा सरकारको जोड रहेको बताउनुभयो । यसका लागी ‘बैँक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रममा प्रदेश सरकारले सञ्चालन गरेको उहाँले बताउनुभयो ।

उहाँले संघिय ऐन निर्माण नहुदाँ प्रदेश सरकारलाई ऐन कानुन निर्माणमा केही समस्या थपेको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का

नेकपा कर्णालीको सह–इन्चार्ज बन्ने- को हुन् प्रकाश ज्वाला ?

समाचार डेस्क, रेडियो राप्ती, सल्यान ३१, साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रकाश ज्वाला नेकपा कर्णाली प्रदेशको सह–इन्चार्ज बन्नु भएको छ